
काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा मतगणना भर्खरै शुरू भएको छ । जवालाखेलस्थित स्थानीय विकास प्रतिष्ठानको हलमा मतगणना शुरू भएको हो ।
मतगणनास्थलमा रहेका एक प्रतिनिधिका अनुसार शुरुको एक सय मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार डा तोसिमा कार्कीले शुरूदेखि नै अग्रता लिएकी छिन् ।
एक सय मत गणना हुँदा घण्टी चुनाव चिन्हमा ४७ मत प्राप्त भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पम्फा भुषाललाई २३ मत खसेको छ । भने एमालेको सूर्य चिन्हमा १९ मत खसेको छ ।