images
images
images

‘मतदाताको मन–मनमा चुमान’

images

दमौली
तनहुँ क्षेत्र नं १ ‘२’ का प्रदेशसाभा सदस्यका उम्मेदवार हरिबहादुर चुमान चुनावी घरदैलो अभियानलाई तीब्रता दिदै आएका छन् ।
निर्वाचन प्रदेश निर्वाचन क्षेत्रका आँबुखैरेनी,देवघाट लगायतका स्थानमा मतदाताको घरदैलोमा पुगेर गठबन्धनलाई बिजयी गराउन आग्रह गर्दै आएका छन् ।
मिलनसार, मृदुभाषि एवं युवाहरुमाझ निकै लोकप्रीय नेता चुमान विकास प्रमेी नेताको रुपमा समेत परिचत रहेका छन् । जनताको नजरमा प्रीय मानीने नेता चुमान बिभिन्न आन्दोलनबाट खारिएका नेता समेत हुन् ।
गडण्डकी प्रदेशमा आन्तरीक मामिला,कानुन तथा संचार मन्त्रालयको जिम्मेवारीमा रहेका चुमानले विकासका गतिविधिलाई समेत तिव्र गतिमा अगाडी बढाएको आँबुखैरेनी– सम्स्तीपुरमा नेता बद्री पौडेलले बताए । सरल र स्वच्छ छवीका नेता चुमानले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी,शिक्षा,स्वास्थ्य र सडक पुर्वाधारका कामहरु देखिने गरेर अगाडी बढाएको पौडेलले बताए ।
तनहुँको अग्लो शिखर छिम्केश्वरीको सडक र पर्यटन पुर्वाधारमा नेता चुमाको अथक प्रयासले विकासको गति अगाडी बढेको आँबु–२ का स्थानीय गणेश बहादुर थापाले बताए । तनहुँको व्यास नगरपालिकामा रहेको छाब्दी वारही मन्दीर जाने बाटो कालोपत्रे गर्न देखी व्यास–१३मा बृहत खानेपानी आयोजना निर्माणमा चुमानको भूमीका महत्वपुर्ण रहेको एकिकृत समाजवादीका नेता समेत रहेका स्थानीय गजेन्द्य्र पन्तले बताए ।


चुमानले आफ्नो निर्वाचन क्षेत्रको विकासमा महत्वपुर्ण योगदान गरेका कारण यस क्षेत्रका जनताको मन मनामा चुमान रहेको पन्तले बताए । बन्दिपुरको पर्यटन, सडक विस्तार खानेपानी र शिक्षा क्षेत्रका विकासमा समेत नेता चुमानले राम्रो काम गरेको स्थानीय अरबिन्द भट्टराईले बताए । चुमानको सरलताले यस क्षेका जनताको मन जितेको छ स्थानीय भट्टराईले भने ।
नेता चुमाले देवघाट ्रक्षेत्रको विकास समेत महत्वुपर्ण काम गरेको स्थानीय भिम रानाले बताए । रानाले भने कछार क्षेत्रको सडक पुर्वाधारमा नेता चुमानको भुमीका महत्पुर्ण रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै आर्थिक विकास र समृद्धिलाई जोड दिएर काम गर्ने बताए । शहिदको बलिदानबाट प्राप्त उपलव्धिलाई निस्तेज गर्न केही तत्वले प्रपञ्च रचिरहेकोले त्यसको बिरुद्व लड्न र प्राप्त उपलव्धिको रक्षा गर्नको लागि पाँच दलीय गठबन्धन गरेर अघि बढिएको उनले बताए ।
जनताको घरदैलोमा पुग्दा उत्साहित भएकोले आफुहरुलाई थप उर्जा मिलेको उनले बताए । आफु गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री हुँदा जिल्लाको विकासको लागि सक्रिय रहेको र केही अधुरा योजना पूरा गर्ने प्रतिबद्वता जनाएपछि कार्यकर्ताहरु खुशी भएका छन् । कार्यकर्ताहरुको सकारात्मक उत्साहले जीत सुनिश्चित रहेको नेता चुमानले दाबी गरेका छन् ।
नेता चुमानलाई यसपटक नोपली कांग्रेसको उम्मेदवार रहेका कारण कांग्रेसको पनि दरिलो साथ पाएका चुमान चुनावी प्रचारमा जनताको मायाले थप उत्साहीत भएको नेकपा माओवादी केन्द्रका नेता रामहरी बचगाईले बताए । उनीसँग नेकपा एमालेका नेता पुर्ण बहादुर गुरुङ प्रतिस्पर्धामा रहेका छन् । तनहुँको क्यामिनका गुरुङ त्यस क्षेत्रका मतदाता समेत नभएको कारण पनि चुमानलाई निर्वाचन जित्ने माहोल तयार भएको श्रोतको दाबी रहेको छ ।
केही समय अघि मात्रै कांग्रेस परीत्याग गरेर एमालेबाट टिकट ल्याएका गुरुङलाई निर्वाचन जित्न चुनौती रहेको श्रोतले बतायो ।
नेकपा माओवादीका आधार इलाकाको रुपमा रहेका बन्दिपुर, आँबुखैरेनी र कांग्रेसको दरिलो साथ नै चुमानको जित्ने गतिलो आधार रहेको नेपाली कांग्रेस आँबुखैरेनीका सभापति विष्णु पन्त्ले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS