images
images
images

डाङ्ग्रे खोल्सि लगायतका सार्वजनिक जग्गा हडप्ने भु -माफिया को हुन् ?

images

बिकास खनाल
तनहुँको सदरमुकाम दमौलीमा सार्वजनिक ठाउँमा रहेको डाङ्ग्रेखोल्सि भुमाफियाले ब्यक्तिको नाममा दर्ता गरि गायब गराएपछि यसको खोजिको बारेमा बहस सुरु भएको छ ।बजारको मुख्य भागमा पुरानो ईतिहास बोकेको खोल्सि माथि घर बनेपछि स्थानीयले आवाज उठाउन थालेका हुन् । सार्वजनिक ूखोल्सिको नाममा पुरानो नक्सामा रहेको डाङ्ग्रेखोल्सि बजारको मुटु मानिने भण्डारी मेडिकल आडैबाट सुरु भइ बुल्दि खोलामा मिसिन्छ । नागको थान हुँदै केही अगाडि पुगेपछि यो खोल्सि गृनसिटि मार्गमा पुग्दा गायब पारि घर मुनि हालि कटाइएको छ । जिल्ला मालपोत कार्यलय तनहुँको ढड्डामा यो खोल्सि २०४२– ११–५ मा कित्ता नं ९ ग १५४ बाट १ रोपनि १५ आना २ पैसा ३ दाम क्षेत्रफल बुद्धिकुमार बतासले दर्ता गरेका छन् । यहि कित्ता बाट टुक्रा बनाइ बेचेको जग्गामा अहिले ठुला ठुला आरसिसि घर खडा भएका छन् । यहाँ बाट तल गएको खोल्सिको आडैको जनसेवा प्रावि नजिकैको ३ रोपनि जग्गा पनि उनैँ बतासले दर्ता गरि घडेरी बनाएर बेचेका छन् । त्यस्तै बुल्दि खोला छेउको अर्को ४ रोपनि जग्गा पनि तिनै बतासले दर्ता गर्न निवेदन हालेको तर व्यास २ वडा कार्यलयले २०७४ भदौमा दुई नम्बर वडा भित्रको कुनैपनि सार्वजनिक जग्गा वडाको सिफारिस बिना पास नगर्न निर्णय गरेपछि रोकिएको वडा कार्यलयले जनाएको छ । बतासले सर्वेनापि भैसकेपछि २०३४ –०३५ सालमा बुल्दि खोला काटेर वारिपट्टिको र पारिपट्टि हाउजिङ भए तिरको जग्गामा पनि मिलाएर जग्गा दर्ता गरेको देखिन्छ । सार्वजनिक रूपमा रहेको र केही बर्ष अगाडि सम्म प्रस्ट रूपमा देख्न सकिने खोल्सि गायब पारिएपछि काठमाडौं को टुकुचा जस्तै यसको पनि खोजि हुनुपर्ने स्थानीय रमेश प्रसाद आचार्यले बताए । काठमाडौंको टुकुचा जस्तै दमौलिको डाङ्ग्रे खोल्सि हो , काठमाडौंमा खोजि हुन्छ भने यहाँ किन हुँदैन रु यसप्रति स्थानीय तहको गम्भीर चासो रहोस आचार्यले भने । यस्तै मालेवगरको सिसौघारि खोलाको छेउमा २ रोपनि ६ आना सार्वजनिक जग्गा बखत नारायण श्रेष्ठले दर्ताको लागि निवेदन दिएको , बुल्दि खोलाकै भुङभुङेमा मोतिकुमार जोशिले ६ आना सार्वजनिक जग्गा मिचेको , तारा र बुद्धिकुमार श्रेष्ठले आफ्नै
फर्निचरको आडको ५ आना सरकारि जग्गा दर्ताको लागि निवेदन दिएको वडा अध्यक्ष काशीराम श्रेष्ठले बताए । त्यतिमात्रै होइन अब्यबस्थित शहरलाइ ब्यबस्थित र सुन्दर सहरको परिकल्पना सहित बनेको टाउन प्लानिङ भित्रको जिल्ला समन्वयको जग्गा पनि केही भुमाफियाले ओगटेका छन् । प्लानिङ अनुसार अगाडि बाटो पर्ने ३० फुटे सडक र पछाडि पर्ने १० फुटे सडक क्षेत्रमा ९० फुटे चोकहरूको परिकल्पना गरिएको थियो । त्यसमा अगाडि ३० फुटे बाटो हुनेलाइ पछाडि १० फुटे बाटो सहितको चोक प्लानिङ गरिएको थियो । तर ती प्लानिङ अनुसारका जग्गाहरू पनि स्थानीय ८४ जनाले हडपेका छन् । यस्तै ब्यास ३ मा रहेको जिल्ला समन्वयको जग्गा पनि १ सय ८४ जना बिसघरे देउराली नगरका ले हडपेका छन् । ति अतिक्रमण गरिएको जग्गामा अहिले १ सय ५७ वटा कच्ची र २७ पक्की संरचना बनेका छन् ।यी कसैले पनि राज्यलाई सम्पत्ति कर तिर्दैनन । नगरपालिकाले यी जग्गामा घर बनाउँदा नक्सा पास गर्दैन , पानी बत्ती पनि जोड्दैन तर घर बनाएको हेरेर बस्छ र जरिवाना लिइ प्रमाणिकरण गरि भुमाफियालाइ प्रश्रय दिने गरेको स्थानीय ओम राज पन्तले बताए । देख्दादेख्दै ती खाली ठाउँहरू भुमाफियाले अतिक्रमण गरेका उनको भनाइ छ । ती खाली ठाउँ रहेको भए पार्किङको समस्या नहुने पन्तले बताए । यस्तै समन्वयको नामको ८४ आना जग्गामा ब्यक्तिको दमौली ट्रेड सेन्टर बनाइ ब्यक्ति मोटाउने काम गरिएको छ । यता बिस्वास मेडिकल अगाडिको कित्ता नं १३९३ मा स्थानीय ताराप्रसाद श्रेष्ठले संरचना बनाएका छन् । समन्वयका बाँकी जग्गा मध्येका ब्यास २ बन कार्यलय अगाडि आरसि पौडेलले कित्ता नं ७९२ मा बनाएको घर , सेतो गुराँस र आडमा रहेको सुदर्शन गोदारको स्कुल , एकदेव आले स्मृति प्रतिस्ठान आडको जग्गा, फराकचौर ९रग मा पर्ने हरि कोइरालाले दर्ता गरेको साँडे दुई रोपनि न्यु गण्डकी होटल आडको जग्गा , कर्लुङ ६रघ मा पर्ने गल्वुबेशि चोक , कर्लुङ ६रझ मा पर्ने आदिकवि भानुभक्त क्याम्पस जाने बुल्दि पुल कजवेको जग्गा , जनजागृति टोलको भवन , कित्ता नं ६०३ मा बनेको रेवत शाहको घर , काङ्ग्रेस पार्टी कार्यलय नजिकैको कित्ता नं १०९० को कृष्णप्रसाद अधिकारीको आधा घर समन्वयको नामका ब्यक्तिले हडपेर बनाएका घर हरू हुन् । झण्डै २ सय रोपनि भन्दा बढी जग्गा समन्वयको नाममा रहेको भए पनि समन्वयले आफ्नो जग्गा सुरक्षित राख्न नसक्दा भुमाफियाले प्रयोग गर्दै आइरहेका छन् । अतिक्रमण गरिएका सरकारि जग्गा फिर्ता ल्याउन तथा समन्वयको जग्गाहरू खाली नैँ राख्न स्थानीय अधिबक्ता गोबिन्द पन्तले माग गरेका छन् । भुकम्प जस्ता प्राकृतिक बिपत्ति आउँदा दमौलीका मानिस कता निस्कने भन्ने पन्तको चिन्ता छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS