images
images
images

जनताका घरदैलोमा उम्मेदवार विद्या ढकाल

images

तनहुँ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यका लागि नेकपा (एस) को तर्फबाट कलम चिह्नमाउम्मेदवारी दिएका उम्मेदवार विद्या ढकालले जनतासँगको भेटघाटलाई तिव्रता दिएका छन् ।
उनले बुधबार भानु–४ थापागाउँ, भानु–६ डाँडाथोक, मेहेलडाँडालगायत क्षेत्रका जनताहरूसँग भेटघाट गरेका छन् । जनतासँगको भेटघाटमा उनले आँफू हिजोका दिनमा सधैं जनताकै साथमा रहेको र अबका दिनमा पनि सदा जनताका बीचमा नै रहने बताएका छन् ।
उनले राजनीतिमा देखिएको विकृति र विसंगतीको मूख्य कारण धनवाद र डनवाद भएकाले ती प्रवृत्तिका विरुद्ध जीवन पर्यन्त लडिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ढकाल बुधबार नै आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित कार्ययोजना बैठकमा समेत सहभागी भएका थिए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS