images
images
images

म्याग्देमा पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण

images

दमौली
म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविरवाट हालसम्म ९ सय १४ जनामहिलाहरुको पाठेघरकोमुखमाहुने क्यान्सरको परिक्षण गरिएको छ ।
महिलाहरुमा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सरपरिक्षणमा पालिका भरका ५ वटा वडा भित्रका महिलाहरुले सो सेवा लिएका हुन् ।
यस मध्ये ३६ जना महिलाहरुमा भिआई एपोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका महिलाहरुलाई थप उपचारका लागी सम्वन्धित निकायमा सिफारिश गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले वताए । भिआई एपोजेटिभ सवैभन्दा वढि वडा नं १ को मान्ह्रौमा गरिएको परिक्षणमा ८ जनालाई देखिएको थियो । यसैगरिवडा नं ७ को समिधारामा ४ जना, रानीश्वारामा७जनालाई पोजेटिभ देखिएको छ । भने वाख्रेमा ३ जनालाई देखिएको छ ।
शिविरमा इम्प्लाण्टको सेवा ७जना, आयुसिडी २५ जना, पिल्सको २ जना, हिस्टोरिक्टोमि १ जना, रिङ्ग प्रेसरी ३१ जना, साईटाईटिस १ जना, व्ह्वाईट डिस्चार्ज ८४ जना, पिआईडी ३ जना, भ्यागलिन्टस ५ जनाले सेवालिएका छन् ।
यसैगरि रेक्टोसेल ५ जना, साईटोसिल १४ जना, सरभाईटिस २३ जना, सि ईरासोलन ५ जना, प्रोल्याप्सी ४३ जना, सि पोलिप ४३ जनामहिलाले शिविरवाट सेवालिएका छन् ।शिविरमा महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवाहुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्तमात्राखोप सेवा, आयुवैद सेवा, स्वास्थ्यविमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।
त्यस्तै घुम्ति शिविरमा वहिरङ्ग सेवाअन्र्तगतविरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ ।
व्यवसायदर्ता, राजश्व संकलन, मालपोत तथाभुमिकर संकलन,ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचयपत्रवितरण हुनेछ । विउ विजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामीपशुको उपचार व्यवस्थापन, उपभोक्ता सँग योजना संम्झौता हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।
शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो । शिविर कार्तिक ४ गते सम्म चल्नेछ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS