तनहुँ क्षेत्र नं २ का गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार अभियान सुरु गरेका छन् । गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारी र तनहुँ क्षेत्र नं २(१)का उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेले दुलेगौंडा स्थित विपी कोइरालाको सालिकमा माल्यापर्ण गरि चुनावी अभियान सुरु गरेका हुन् ।
चुनावी अभियान अन्र्तगत मंगलबार हलेदी स्थित सहिद पार्कमा माल्यापर्ण , ढोरवाराही मन्दिरमा पूजा अर्चना , शुक्लागण्डकी ८को सहिद कृष्ण पौडेलको सालिकमा माल्यापर्ण र चुनावी अभियानको शुभारम्भको कार्यक्रम रहेको छ । त्यस्तै गठबन्धनका उम्मेदवार दिउँसे रिसिङ १ झाँपुटारमा भेटघाट तथा घरदैलो अभियान कार्यक्रम समेत रहेको छ ।