images
images
images

क्षेत्र नं २ को विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जित अपरिहार्य — नेता भण्डारी

images

दमौली, ३१ असोज ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले क्षेत्र नं २ को विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जित अपरिहार्य भएको बताएका छन् ।
विगतमा कांग्रेस पराजित हुँदा सिङगो क्षेत्र नं २ पछाडि परेको हुँदा यो पटक कुनै पनि हालतमा कांग्रेस र माअ‍ोवादी केन्द्रका उम्मेदवारलाई जिताउनु पर्ने भण्डारीको भनाई थियो । क्षेत्र नं २ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युतीकरण लगायतका क्षेत्रमा निकै पछाडि परेको समेत भण्डारीको भनाई थियो । क्षेत्र नं २ प्रदेशको राजधानीसंग जोडिएको क्षेत्र भएको हुँदा निकै सम्भावना बोकेको क्षेत्र रहेको समेत भण्डारीको भनाई थियो । क्षेत्र नं २ लाई मात्र नभई दमौलीलाई समेत प्रदेश राजधानी पोखरासंग जोड्ने आफ्नो योजना रहेको भण्डारीको भनाई थियो ।
क्षेत्र नं २ मा रहेको तनहुँ जलविद्युत आयोजना रद्ध हुनबाट कांग्रेसले नै जोगाएको पूर्वमन्त्री समेत रहेका भण्डारीको भनाई थियो । एमालेको तर्फबाट ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले तनहुँ जलविद्युत आयोजना रद्ध गर्न लाग्दा आफू सहित कांग्रेस नेताहरुले जोगाएको भण्डारीको भनाई थियो । व्यास ५ मा रहेको मानहुँ पर्यटकीय निकै सम्भावना बोकेको स्थान भएको हुँदा यसको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने समेत भण्डारीको भनाई थियो । नेपाली कांग्रेस ५ नम्बर वडा कार्य समितिका सभापति सुरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, २ ९१० का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, कांग्रेस महासमिति सदस्य प्रा।डा। कृष्णप्रसाद गौतम, माओवादीका रामचन्द्र सापकोटा लगायतले धारणा राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS