damuli hospatail

२४ मंसिर २०८०, आईतवार

नेकपा एसकी कलिलाले फिर्ता लिइन उम्मेदवार , गठबन्धनका चुमानलाई बिजयी गराउन लाग्ने प्रतिबद्धता

तनहुँ २९ असोज,
तनहुँ प्रदेश सभा १ ‘२’ बाट प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कलिला खातुनले उम्मेदवारीबाट ब्याक हुँदै निष्क्रिय बस्ने भएकी छिन् । शनिवार एक विज्ञप्ति जारी गर्दै खातुनले सोही निर्वाचन क्षेत्रबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हरिबहादुर चुमान ९अजित० लाई विजयी गराउन लाग्ने प्रतिबद्धता पनि जनाएकी थिइन् । खातुनले गठबन्धनको सिफारिस बिना उम्मेदवारी दर्ता गराएकी थिइन् ।

नविज्ञप्तिमा उनले भनेकी छिन्–‘देशको जटिल परिस्थितीका कारण हाम्रो बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लगायतका महान उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नु अहिलेको प्रमुख आवश्यकता रहेकाले मैले गठबन्धनका शिर्ष नेताहरुको आग्रहमा आजकै दिनबाट आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

sukala