दमौली
नेपाली कांग्रेस तनहुँको आमन्त्रित सदस्यमा रबिन पौडेल र अर्जुन अधिकारी मनोनीत भएका छन् ।
पार्टी सभापति जिती प्रकाश आलेले व्यास–३ निवासी पौडेल र देवघाट–५ का अधिकारीलाई बिहीबार जिल्ला कार्य समितिको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् । सभापति आलले नेपाली कांग्रेसको विधान २०१७ संम्सोधित विधान सहित नियमावली २०७६ परिच्छेद १८ को ५६ ,२ उपधारा अनुसार मनोनित गरेको जिल्ला कार्य समितिका सचिव लक्ष्मि भक्त खानालले बताए । जिल्ला सचिव खनालका अनुसार विधान अनुसार १० जना मनोनित गर्ने ब्यवस्थामा रहेको छ । सभापति आलले यस अघि ४ जना सदस्य मनोनित गरेका थिए । बाकी सदस्य केही दिनमा मनोनित गर्ने तयारी रहेको जिल्ला सचिव खनालले बताए ।