images
images
images

दमौलीमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

images

दमौली

दमौलीमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

दमौली लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग ‘उच्च ज्वरो’ का बिरामी देखिन थालपछि दमौलीमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ ।व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले बताए । दिउंसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन समेत उनले सुझाव दिए ।


डेंगुका बिरामी बढेपछि जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयमसेविकाको सहभागितामा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको व्यास नगरपालिकाले जनाएको छ । दमौलीमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम नगरपालिकाले गरिरहेको छ ।

व्यास नगरपालिका स्वास्थ्य तथा जनसंखया शाखा प्रमुख सोतीले वडा नं२ ,३ र ४ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए ।
तनहुँमा हालसम्म ८५ जना भन्दा बढी डेंगुका विरामी रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS