images
images
images

व्यास नगर कार्यपालिकाको नियमित बैठक सम्पन्न, चालु खर्चको पुनरावलोकन गर्न समिति गठन

images

दमौली
व्यास नगर कार्यपालिकाको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको बैठकले बैठकले व्यास नगरपालिका भित्र हुने चालु खर्चको पुनरावलोकन गरी आगामि बैठकमा राय सुझाब पेश गर्न उप–प्रमुख इन्दिरा दरैको संयोजकत्वमा रमेशचन्द्र हडखले, मन बहादुर गुरुङ, रनसिं नेपाली सदस्य र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला सदस्य सचिव रहेको समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक बर्ष २०७/९८० मा वडागत, नगरस्तरीय, प्रदेश सरकार, संघ सरकारबाट तय भएका योजनाहरु उपभोक्ता समितिबाट गर्ने वा टेण्डर प्रकृयाबाट गर्ने विषयमा वडागत प्रतिवेदनहरुको समिक्षा गरि सम्बन्धित शाखालाई योजनाहरु कार्यान्वयन गर्ने निर्देशन दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारबाट आह्वान भएको नवप्रवर्तनिय कार्यक्रममा सभागि हुने र कृषि क्षेत्रको प्रबर्द्धन, बजारीकरण, रोजगारी अभिबृद्दी गर्ने क्षेत्रमा नगरपालिकाको तर्फबाट प्रस्ताव पेश गर्ने । व्यास नगरपालिकाका जनप्रतिनिधि, सम्भावित क्षेत्रका टोल संस्थाका अध्यक्ष एवं प्रतिनिधि सहितको वालिङ नगरपालिका सरसफाई केन्द्रको मिति २०७९ भाद्र ३० गते भएको अध्ययन भ्रमणको जानकारी लिने । सरसफाई केन्द्र तत्काल प्रारम्भ गर्न प्रस्तावित जग्गाहरुका स्थानीय सरोकारवालाहरुसँग समन्वय गरि प्रकृया अघि बढाउन सरसफाई व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले २०७९ सालको वडादशैं, शुभ दिपावली, नेपाल संम्वत, छठ पर्वको अवसरमा नगर स्तरीय शुभकामना आदान प्रदान सहितको जलपान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । चाडपर्वको सन्दर्भमा नगरस्तरीय, वडास्तरीय बजार अनुगमन गर्ने र खसी, बोका लगायतका दशैं, तिहार लक्षित अस्थायी बजार व्यवस्थापन गर्न सम्बन्धित वडालाई जिम्मा दिने निर्णय समेत बैठकले गरेको छ । बैठकमा मा उप–प्रमुख, सबै वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS