images
images
images

समानुपातिकमा सिफारिसलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

images

काठमाडौं ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन् ।

आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन पाउने छैनन् । निर्वाचन कानुनमा समेत सो व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४(२) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न नपाइने कानुनी व्यवस्था छ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४(२) अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति पहिलो हुने र निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय गत २ असोजमै सकिसकेको छ । प्रत्यक्षतर्फ मनोनयन दर्तापछि आयोगले सोही दिन नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम राखेको छ ।

त्यस्तै, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २५ असोजमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तोकेको हो ।

यी निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा सञ्चालन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याललेले जानकारी दिए । आयोगले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS