damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पितथैलीको पत्थरीको सफल शल्यकृया

दमौली
तनहुँको दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यकृया भएको छ ।
बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो । सर्जन डा. परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे,डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पुर्वक शल्यकृया गरेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।
अस्पतालमा बिहीबार पहिलो पटक ‘मेजर अप्रेसन’ सफलता पुर्वक सम्पन्न निर्देशक डा. श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बिहीबारबाट मेजर अप्रेसन सफलता पुर्वक सम्पन्न भयो, ‘अव दैनिक रुपमा शल्यकृया सेवा अस्पतालले प्रदान गर्र्नेछ’ श्रेष्ठले भने । शल्यकृया सेवा सफलता भएको अस्पतालका खुशीको बिषय भएको समेत निर्देशक श्रेष्ठले बताए ।
विरामी गाहामगरको पित्त थैलीको शल्यकृया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत रिना पौडेल,स्टार्फ नर्सहरु दिल कुमारी भुजेल,सृजना कुंवर,पुजा थापा, एलिसा थापा,रीता श्रेष्ठ, सुस्मिता महत सहयोगीमा दिल बहादुर विष्ट,शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली रहेको अस्पताल प्रशासनले जनाएको छ ।
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र २०७३ साल साउन देखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा गुणस्तरीय सेवा पाएपछि अस्पतालमा तनहुँ,लमजुङ्ग,पाल्पा,स्याङजा,नवलपुर लगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत बासुराज दाहलले बताए । अस्पतालले सेवा विस्तार गरेर त्यस क्षेत्रका नागरिकहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिने कुरा गौरवको बिषय भएको अस्पतालका बोर्ड सदस्य राम भण्डारीले बताए ।
अस्पतालमा फार्मेसिको ब्यवस्थापन राम्रो रहेको बिमाबाट पाउने औषधि नियमित रुपमा पाउने गरेको अस्पतालका फमेर्सी अधिकृत मुकेन्द्र प्रसाद यादवले बताए । अस्पतालको भौतिक विस्तार समेत अगाडी बढ्द गएको काउन्सिल नीराजन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala