दमौली
नेपाल प्रहरीका पुर्व आइ जि पि सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने हल्लासँगै तनहुँमा राजनीतिक बृत्तमा तरङ्ग उतपन्न भएको छ । खनालाई तनहुँ क्षेत्र नं. १ मा निर्वाचन लड्ने एमालेमा भित्र्याउन प्रवेश गरेको बजार हल्लासँगै तनहुँको राजनीतिक क्षेत्रमा तरङ्ग उत्पनन भएको हो । तनहुँ क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचन लड्ने पक्का भएपछि पौडेलसँग प्रतिस्पर्धा गर्ने ब्यक्तिको रुपमा खनाललाई हेरिएको छ । खनालले तनहुँ क्षेत्र नं. १बाट चुनाव लड्ने तयारी गरेको चर्चा थियो ।
बिशेष गरेर एकिकृत समाजवादीका नेता तथा पुर्वमन्त्री किसान श्रेष्ठसँग बिशेष सम्बन्ध भएका कारणपनि खनाल यसअघि एमाले प्रवेश गर्ने भनिएपनि रोकिएको थियो । गठबन्धनबाट पुर्वमन्त्री किसान श्रेष्ठले तनहुँ क्षेत्र नं. १ मा टिकट नपाउने पक्कापक्की भएपछि खनालले एमाले प्रवेश गरेको श्रोतले बतायो । पुख्यौली थलो तनहुँ भएका खनालको एमाले प्रवेशसँगै तनहुँ क्षेत्र नं. १ मा चुनावी प्रतिस्र्धा रोचक हुने अनुमान गर्न थालिएको छ ।