images
images
images

तनहुँ क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा पराजुलीको उम्मेदवारी घोषणा

images

दमौली
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा युवा ब्यवसायी बिष्णु पराजुली तनहुँ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिने भएका छन् ।
बुधवार दमौलीमा पत्रकार सम्मेलन गरी पराजुलीले आफ्ना चुनावी एजेण्डा र प्रतिवद्धता सहित प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानबाट लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने घोषणा गरेका उनले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका मुद्धादेखि उद्योग स्थापना गरी युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्ने सम्मका एजेण्डा समेटका छन् ।
लामो समयसम्म नेतृत्व गरेका नेताहरुबाट जनताले बिकास र परिवर्तनको महसुस गर्न नपाएकाले अहिले देशभर स्वतन्त्र उम्मेदवारहरुको पक्षमा माहोल राम्रो पाएको उनले बताए । परिवर्तन र जनताको हितमा निति निर्माण र कानुन बनाउन सक्ने सक्षम युवाहरुलाई नेतृत्व तहमा पु¥याउन जनताले विवेक प्रयोग गरी आफ्नो पक्षमा मतदान गर्ने उनले विश्वास व्यक्त गरे । तनहुँ क्षेत्र नं २ मा जन्मिएर त्यहीबाट आफुले संघर्ष थालेकाले आफ्नो गाउँलाई बिकास र त्यहाँका जनताको सेवा गर्ने सपना भएकाले क्षेत्र नं २बाटै उम्मेदवार बन्ने उनले बताए । उनले भने ‘हाल मेरो बसोबास क्षेत्र नं१मा भए पनि मेरो ठाउँ त्यही हो, म त्यहीबाट चुनाव लड्छ’ु । आफ्नो उम्मेदवारी कुनै राजनीतिक दलप्रति वैरभाव नभइ स्वतन्त्र रुपमा जनताको काम गर्ने चाहना मात्र भएको उनले प्रष्ट पारेका छन् ।
जनताको आफ्नो कामप्रतिको विश्वास नै जितको आधार भएको बताउदै पराजुलीले आफुले जिते अन्य ठाउँबाट स्वतन्त्र रुपमा जितेका उम्मेदवारहरुले सरह काम गर्ने दावि समेत गरे ।

तनहुँ क्षेत्र नं. २ संघीय संसद पद लौरो चिन्हका उम्मेदवार विष्णु पराजुलीका एजेण्डा र प्रतिवद्धताहरु

१) तनहुँ क्षेत्र नं. २ मा मैले (स्वतन्त्रले) जिते भने वालेन्द्र शाह र हर्क साम्पाङले गरेजस्तै जनमुखी कामहरु गर्नेछु ।
२) मेरो लौरो चिन्ह्ले जित्यो भने देशलाई वर्वाद पार्ने भ्रष्ट र खराव मनसाय भएका संसद रोकिनेछन् ।
३) संघिय संसदमा निर्भिक र निर्वाद रुपमा जनताका आधारभूत र तत्काल दिनुपर्ने सेवा सुविधाका वारेमा वहश गर्नेछु र कार्यन्वयन गर्न सम्वन्धित निकायलाई लगाउनेछु ।
४) विदेशीको आदेशमा होईन आफ्नै वुद्धि र विवेकले देश जनताको हितमा मात्रै निति निर्माण र कानून वनाउन शसक्त भुमिका खेल्नेछु ।
५) देशभर स्वतन्त्रको माहौल सिर्जना भएको छ स्वतन्त्रलाई जिताउनुस हामी स्वतन्त्र सरकार वनाएर सवै नेपाली दाजुभाईलाई एकरुपताका साथ समान रुपमा व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
६) दुई तिहाई वरावर स्वतन्त्रलाई मत दिनुस हामी हाल कायम रहेको नेपालको संविधान परिवर्तन गरी वालेन्द्र शाह, सुनिता डंगोल र हर्क साम्पाङलाई सिधै मत दिएर कार्यकारी प्रधानमन्त्री या राष्ट्रपती छान्ने व्यवस्था गर्नमा पहल गर्नेछु ।
७) प्रदेश सभा जस्तो राज्यलाई वोझ र राष्ट्रिय सभा जस्तो पार्टिका वेरोजगारहरुलाई जागिर दिने निकाय खारेज गर्न दवाव दिनेछु ।
८) विदेशमा रहेका सवै नेपाली दाजुभाईहरुलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन पहल गर्नेछु ।
९) मेरो सम्पूर्ण ध्यान र सिर्जना जानेको सिपलाई उद्योग खोलेर रोजगारी सिर्जना गर्न र विदेशी नागरीकहरुलाई उद्योग धन्दा खोल्न प्रोत्साहन गर्नेछु ।
१०) निजी विद्यालय भन्दा सरकारी विद्यालय राम्रो स्तरीय र अध्ययन गर्न युक्त क्षेत्र वनाउन पहल गर्नेछु ।
११) कक्षा १ देखी कक्षा १२ सम्म सवै शैक्षिक क्षेत्रमा अनिवार्य नैतिक शिक्षा लागु गर्न पहल गर्नेछु ।
१२) धनी होस या गरिव होस सवै भन्दा सरकारी अस्पताल रोज्ने अवस्था सिर्जना गर्नेछु ।
१३) लोकल रक्सिलाई व्राडिङ गरी महंगा विदेशी रक्सीको आयतलाई नियन्त्रण गर्न पहल गर्नेछु ।
१४) गाजालाई उद्योग र व्यवसायमा रुपान्तरण गरी आय आर्जन र रोजगारीको सवैभन्दा वलियोे नेपालीको आर्थिक आधार वनाउन विशेष पहल गर्नेछु ।
१५) जडिवुटी खेतीलाई प्रवद्र्धन गरी प्रशोधन केन्द्रहरुको स्थापनमा जोड दिनेछु ।
१६) कृषकबाट उत्पादित सामान सिधै राज्यले किनिदिएर वजार व्यवस्थापन गर्ने व्यवस्था मिलाउन प्रयत्न गर्नेछु ।
१७) स्वदेशमा कृषि उत्पादन गरी विदेशबाट आयतित कृषि सामाग्रीहरुको नियन्त्रण जोड दिइनेछ ।
१८) विद्युतिय सवारी साधानको प्रयोगमा विशेष ध्यान दिन पहल गर्नेछु ।
१९) सवैखालका करहरु घरबाटै तिर्न कर सम्वन्धि छुट्टै विद्युतिय प्रणालीको विकास गर्न पहल गर्नेछु ।
२०) लाईसेन्स र व्लुवुक नविकरण गर्ने कार्य घरबाटै गर्ने कार्यको थालनीमा पहल गर्नेछु ।
२१) ईन्टरनेटको शुल्क घटाउने र कम्प्यूटरमा युवाहरुको पहुँच पु¥याउन पहल गर्नेछु ।
२२) हाल रहेको शिक्षालाई शिक्षा नियमावली वनाई नया शिक्षा लागु गर्न पहल गर्नेछु । उक्त शिक्षा प्रारम्भिक देखीनै सिप मुलक र व्यसाययिक मुलक वनाईनेछ ।
२३) विपन्न नागरिकका लागि देशमा विभिन्न भागमा पुर्ण रुपमा निशुल्क विद्यालय र निशुल्क अस्पतालको स्थापना गर्ने पहल गर्नेछु ।
२३) जेष्ठ नागरिकहरुको लागि घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण र उपचार गर्ने व्यवस्था मिलाउन पहल गर्नेछु ।
२४) राज्यबाट घोषित विभिन्न राष्ट्रिय गौरवका अपुरो तथा कार्यान्वय हुन नसकेका आयोजनाहरुलाई पुरा गर्न विशेष पहल गर्नेछु ।

२५) स्वतन्त्र प्रेश र प्रेश संग सम्वन्धित विभिन्न आचार संहिताहरुलाई लागु गर्न, परिमार्जित गर्न र संम्सोधन गर्न जोड दिनेछु ।
२६) ग्रामिण स्तरमा खानेपानी पहुँच नपुगेको स्थान, पानीको अभाव भएको ठाउँमा पानीको स्तर मापन गर्न लगाई लिफ्टिङ खानेपानी, ग्रामिण खानेपानी आयोजना र संचालन गर्न विशेष पहल गर्नेछु ।
२७) तनहुँ क्षेत्र नं. २ मा परेका राष्ट्रिय महोत्वका आयोजनाहरुको काम र त्यसको प्रगती विवरणलाई विशेष महत्व दिई कार्यान्वय पक्षमा विशेष जोड दिनेछु ।
२८) अस्पताल, विद्यालय, सरकारी सेवाप्रदायक अफिसहरुमा अपाङमैत्री वनाउन पहल गर्नेछु ।
२९) सरकारी तथा निजि विद्यालयहरुमा अनिवार्यरुपमा दैनिक १÷२ घण्टा खेलकुदको अभ्यास तथा पिटी प्रर्दशन गर्नका लागि पहल गर्नेछु ।
३०) ग्रामिण सडकको स्तरोन्नतीका लागि विशेष पहल गर्नेछु ।

३१) विभिन्न ग्रामिण हस्तकलाबाट निर्मित सामानहरुको विक्रि वितरणका लागि प्रत्येक स्थानिय स्तरमा विक्री कक्ष निर्माण जोड दिनेछु ।
३२) ग्रामिण होम स्टे संचालनमा जोड दिई स्थानिय कला संस्कृतिको प्रवद्र्धनमा विशेष जोड दिनेछु । साथै स्थानिय तहका कर्मचारीहरुमा वार्षिक अनिवार्य रुपमा ५ दिने होमस्टे विदा वस्नु पर्ने र सो विदा अनिवार्य होमस्टेमै वस्नुपर्नेको व्यवस्था थालनीमा जोड दिनेछु ।
३३) सिस्नु खेतीको विकासमा जोड दिनेछु ।
३४) कृषि संग सम्वन्धित आवश्यक औजार, सामाग्री, मल विउको व्यवस्थापनका लागि सरकारी निकाय संग सम्वन्वय गरी स्थानिय स्तरमै विक्री वितरणको व्यवस्थामा जोड दिनेछु ।
३५) सके खेती तथा उत्पादन गर्ने नसके वाझो राख्न नपाईने व्यवस्थामा जोड दिनेछु । उक्त वाझो रहेको जग्गा लिजमा लिई विभिन्न खालका कृषि उत्पादनका जोड दिनेछु ।
३६) उपभोक्ता सहकारी संस्थालाई स्थानिय स्तरबाटै संचालन गरी ग्रामिण क्षेत्रमा उत्पादन भएको कृषि सामाग्री विक्री वितरण गर्ने व्यवस्था मिलाई कृषि विज्ञ, कृषि सम्वन्धि शिक्षा तालिमको व्यवस्था मिलाउन पहल गर्नेछु ।
३७) जिल्ला खेलकुद विकास समिति मार्फत अनिवार्य रुपमा प्रत्येक ग्रामिण भेगमा आवश्यक खेलकुद सामाग्रीको वितरण गर्ने व्यवस्था मिलाउन पहल गर्नेछु ।
३८) एक विद्यालय एक कराँते र संगित प्रशिक्षकको व्यवस्था गर्न विशेष पहल गर्नेछु ।
३९) विद्यालयमा वितरण गरिने दिवा खाजालाई अझ प्रभावकारी वनाउन सकेसम्म ग्रामिण तथा स्थानिय स्तरमा उत्पादित वस्तुहरुबाट निर्मित खाजा वनाई दिने व्यस्वस्था लागु गर्न जोड दिनेछु ।
४०) विद्यालयमा अध्ययनरत छात्राहरुको लागि स्थानिय तहबाट अनिवार्य रुपमा सेटेटरी प्याड वितरण गर्ने व्यवस्थामा जोड दिनेछु ।
४१) राष्ट्रिय खेलहरुमा रुची जगाई नयानया खेलाडीहरुको उत्पादनमा जोड दिन पहल गर्नेछु ।
४२) सरकारी सेवा प्रदाय निकायहरुले प्रदान गर्ने सेवाको लागी प्रत्येक सरकारी निकायको गेटमा एक अनिवार्य हेल्पडेक्सको व्यवस्था मिलाउन पहल गर्नेछु ।
४३) विषय विज्ञहरुको सल्लाह र सुझावहरुलाई आत्मसाथ गर्दै अगाडी वढ्नेछु ।
४४) हाट वजार संचालन गर्न उपयुुक्त स्थानको पहिचान गरी हाटवजार संचालनमा जोडदिनेछु ।
४५) सरकारी सेवा प्रदायक निकायमा हस्तकलाबाट निर्माण भएका सामाग्रीको अनिवार्य प्रयोगमा ध्यान दिन पहल गर्नेछु ।
४६) आदिवासी जनजातीहरुको संग सम्वन्धित विभिन्न खालका संस्कृतिको जर्गेना गर्न मेला पर्व संचालन गर्नमा पहल गर्नेछु ।
४७) तनहुँमा रहेका विभिन्न धार्मिक क्षेत्रको वृतिविकास तथा स्तरोन्नती आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन पहल गर्नेछु ।
४८) वेदव्यासको महत्व र यसको महिमाको वारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी धार्मिम पर्यटन प्रर्वद्धनमा जोड दिनेछु ।
४९) लोप भएका धर्म संस्कृतिको जर्गेना गर्न, उत्थान गर्न र साहित्य, कला, धर्म, संस्कृति सम्वन्धि एक विज्ञ समुहको गठनमा जोड दिनेछु ।
५०) राजनितिबाट लिनुपर्ने र दिनुपर्ने ज्ञानका विषयमा विभिन्न उच्च शिक्षा प्रदायक शिक्षालयहरुमा अनिवाय तालिमको व्यवस्थामा दिनेछु ।
५१) स्थानिय स्तरमा निस्कने फोहर मैला व्यवस्थापनमा निजी संघ संस्थासंग सम्झौता गरी प्रयोगमा आउने र प्रयोगमा नआउने वस्तुको वर्गिकरण गरी आर्थिक आय स्तरको श्रोत वनाउने विषयमा जोड दिन पहल गर्नेछु ।
५२) सामुदायिक वनबाट स्थानियलाई पुग्ने राहत सेवा सुविधामा वृद्धि गरी विदेशबाट आयतित काठलाई निरुत्साहित गरी स्वदेशमा काठ र काठबाट निर्मित सामानहरुको प्रयोगमा जोड दिन पहल गर्नेछु ।

अन्तमा मेरो उम्मेदवारी कसैप्रति कुनै पनि राजनितिक वैरभाव नराखी मेरो स्वतन्त्र अभियानको स्वतन्त्र उम्मेदवारको प्रस्तुत प्रतिवद्धताहरु पुरा गर्न, कार्यान्वय गर्न पुरा गर्ने मेरो वाचा गर्दै चुनाव चिन्ह लौरोमा आफ्नो अमुल्य मतदान गर्न तनहुँ जिल्ला क्षेत्र नं. २ का ऋषिङ, घिरिङ, भिमाद, शुक्लागण्डकी र म्याग्दे गाउँपालिका र व्यासका केही वडाका सचेत वुद्धिजिवी आम दाजुभाई दिदीवहिनी वुवा आमाहरुमा हार्दिक आव्हान गर्न चाहन्छु ।

धन्यवाद जय स्वतन्त्र जय लौरो अभियान

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS