
दमौली ।
तनहुँमा एक बर्षमा १०८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्या १०८ जना रहेको छ । आत्महत्या गर्ने मध्ये महिला ३३ र पुरुष ६२ जना छन् र भने १३ जना वालवालिका रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवाराज खड्काले बताए ।
आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको संख्या ८४ रहेको थियो जसमध्ये महिला २० र पुरुष ५४ जना छन् र १० जना वालवालिका रहेका थिए । अघिल्लो आर्थिक बर्ष भन्दा गत आर्थिक बर्षमा आत्महत्या गर्नेको संख्या २२ प्रतिसतले बृद्वी भएको तथ्याङ्कले देखाउने गरेको छ ।
मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढ्ने गरेको जिल्ला प्रहरी कर्यालय तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले बताए ।