पाटन
टिम नेपो तनहुँले सोमबार व्यास नगरपालिका ५ पराशरको तपोभूमि दमौलीको धार्मिक पर्यटन स्थिलमा पटनमा संविधान दिवसको अवसर पारी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यालय तनहुँका अध्यक्ष तारानाथ घिमिरले व्यासको जन्मभूमि र पराशरको तपोभूमि तथा धार्मिक पर्यटनको बारेमा जानकारी गराएका थिए । घिमिरेले टिम नेपो तनहुँले गरेको यस कार्यक्रमलाई सम्मान गदै शुभकामना व्यक्त गरेका थिए । त्यसै गरी टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले टिम नेपो तनहुँले विगतका वषदेखि नै बातावरणको क्षेत्रलाइ छुटै रुपमा समेटेर बातावरणको सरसफाइ विक्षारोपन बायुप्रदुषण न्यूनिकरण जस्ता थुप्रै कामहरु गदै आएको र यसबाहेक स्वस्थ्य, शिक्षा तथा युवा नेतृत्व विकासका क्षेत्रमा पनि काम गदै आएको कुरा जानकारी गराए । कार्यक्रम संयोजक सरस्वति मिश्रले फोहोर र प्रदुषण युक्त पाटनलाइ सरसफाइ गरी सफा स्वच्छ बातावरणमा परिवर्तन गर्न पाउदा खुसि व्यक्त गरीन् । पूर्व अध्यक्ष एंवम् सल्लाकार गोविन्द तिमल्सिनाले संविधान दिवसको अवसरमा टिम नेपो तनहुँले सरसफाइ कार्यक्रमको आयोजना गरेको खुसि ब्यक्त गरे ।