
दमौली
विधान दिवस–२०७९ को अवसरमा आदिकवि भानुभक्त क्याम्पस कानुन विद्यार्थी समाज र व्यास नगरपालिका वडा नं.१, वडा कार्यसमितिको संयुक्त आयोजनामा ‘मेरो संविधान मेरो गौरव’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
व्यास – १, स्थित मगर समाज सुधार समितिको भवनको सभाकक्षमा भएको छलफल कार्यक्रमको उद्घाटन गर्दै ब्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले करिब ७० वर्षको प्रयत्नपछि ०७२ सालमा जारी लोकतान्त्रिक संघीय गणतान्त्र नेपालको संविधान सबै नेपालीको सुन्दर भविष्यको सुनिश्चितता गरेको राजनीति र कानुनको इतिहासमा जनताका प्रतिनिधिहरुबाट लेखिएको यो पहिलो संविधान अत्यन्त लचिलो र जनमुखी रहेको बताए। कार्यक्रम वडा नम्बर एकका वडाअध्यक्ष रमेशचन्द्र हड्खलेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ ,क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली कंग्रेसका प्रदेशका आमन्त्रित सदस्य डा. शेषरमण न्यौपाने, क्याम्पस सञ्चालक समितिका सदस्य एवं पूर्व वडा दक्ष खर सिं दरै, व्यास नगर कार्यपालिका बोर्ड सदस्य कृष्ण दुरा शुशिला, वडा सदस्य पूर्ण बहादुर थापा, सुनिता सुनार, मणिजंग बस्नेत, नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष केहरसिंह आलेमगर, नेपाली कांग्रेसका वडा सभापति दिलबहादुर दरै, क्याम्पस सञ्चालक समिति सदस्य मोहन गिरी, नेकपा एमालेका वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, राप्रपा नेपाल पार्टीका वडा अध्यक्ष तुल बहादुर सेन ठकुरी, क्याम्पस सञ्चालक समिति सदस्य मोहन गिरी, क्याम्पसका अंग्रेजी एवं समाजशास्त्र विषयका सहायक प्राध्यपक एवं अधिवक्ता द्वय बिमल गिरी र बिष्णु हड्खले, कानून विद्यार्थी समाजका अध्यक्ष संस्कृति ढुंगाना, सहसचिव मणिराज काफले र सदस्य मञ्जु पौडेलले छलफल कार्यक्रममा संविधानका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य चिज बहादुर दरै, गजीन्द्र पन्थ, क्याप्टेन सहवीर उचाइ, निर बहादुर मल्ल ठकुरी र सिर्जना तिवारी, समितिका पूर्वसदस्य र सविता पण्डित क्षेत्री, पूर्व वडासदस्य राधिका पन्थ, सहायक क्याम्पस प्रमुख द्वय डा। रामकुमार अधिकारी र सागर पौडेल, क्याम्पसका विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे र अतिरिक्त क्रियाकलाप समितीका संयोजक तिलबहादुर थापा, बडा नं १ का कार्यालय सचिव मञ्जु कंडेल, क्याम्पसका प्रशासकीय अधिकृत बसन्ति थापा आलेमगरको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा भित्र रहेका सम्पूर्ण टोल विकास संस्था, आमा समूह, सामुदायीक बन, मन्दिर संरक्षण समिति, विद्यालय र सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक संघ, तनहुँका अर्थसचिव शान्ता बास्तोलाले ‘संविधान’ शिर्षकको कविता वाचन गरेकी थिइन् । भने कानून विद्यार्थी समाजका सदस्य शान्ता रानाले गित गाएकी थिइन् ।
आदिकवि भानुभक्त क्याम्पस कानुन विद्यार्थी विद्यार्थी समाजका सचिव करुणा पाठक र सह–सचिव मणिराज काफ्लेले संयुक्तरुपमा कार्यक्रमको संचालन गरेका थिए ।