images
images
images

म्याग्दे गाउपालिका –१ मा घुम्ति शिविरमा

images

म्याग्दे /
म्याग्दे गाउपालिकाद्धारा आयाजित एकीकत घम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता रहेको छ । यहि असाज २ गते देखि शुरु गरिएको घुम्ति शिविरमा आज वडा नं १ को मान्ह्रौमो गरिएको शिविरमा जनताको व्यापक सहभागिता रहेको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीपसाद श्रष्ठले आम वहादुर आलेको घरमा डिजिटल घरनम्वर टासर उदघाटन गरेका थिए । पालिकाले वडावासीको सहजतालाई मध्यनजर गरि गरिएको एकीकृत घुम्ति शिविरमा योजना सम्झौता, सुझावतथा परामर्श, समान्य स्वास्थ्य परिक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधी वितरण, क्षयरोग स्कृनिङ, सुगर परिक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प.नि. सेवा तथा परामर्श र कोभिड–१९ विरुद्धको खोप संचालन गरिएको थियो ।
यसैगरि शिविरवाट व्यवसायदर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, जेष्ठ नागरिक कार्ड, उपभोक्ता समितीसँगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजन सम्वन्धि जानकारी, रक्तचापको जाँच, कृषि वीउ विजनको वितरण, पशुको गोवर परिक्षण, लगायतको सेवा दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए। शिविरलाई सम्वोधनगर्दे पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले एकीकृत घुुम्ति शिविरले जनतामा उत्साह छाएको वताए। पालिका सम्म पुगेर सेवा लिनुपर्नेमा टोल टोलमा आएर सेवा दिदा जनता उत्साहित भएको वताए। निशुल्क रुपमा जनताको घरघरमा दिने हाम्रो अभियान हो । पालिका जनता प्रति सधै उत्तरदायी रहने समेत उपाध्यक्ष घिमिरेले वताए । सेवाग्राही ओम वहादुर आलेले सेवाका लागी वडा र पालिका सम्म जानुपर्नेमा घरदैलो सम्मआएर सेवा दिएकोले जनताहरु खुशीभएको वताए । जन्मदर्ता लगायतजनताको आवश्यकतामा पालिका गम्भिर भएकोमा खुशी व्यक्त गरे ।
यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको सहजताकालागी घुम्ति शिविर शुरु गरिएको र पालिकाका सवै वडा र टोल टोलमा जाने वताए । आमजनताको आवश्यकतामा पालिका गम्भिर छ । जनताको चाहनालाई पालिका सधै शिरोधार्य गर्दछ । जनता सधै वडा र पालिकामाजाने हैन, जनताको घर घरसम्म पनि पुग्नुपर्दछ भनेर यो अभियान शुरु गरेका हौ, अध्यक्ष श्रेष्ठले वताए। । टोल टोलमा जाँदा आमजनतासँग साक्षात्कार गर्न सकिनेछ, समस्या सुन्न र समाधानमा घुम्ति शिविर प्रभावकारी हुने वताए। म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर सेवा घरआँगनमा पुरयाउने उद्येश्य सहित एकीकृत घुम्ति शिविर शुरु गरिएकोहो । असोज २ देखि संचालनहुने घुम्ति शिविर असोज ३१ गते सम्मचल्ने गाँउपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS