दमौली , १५ भदौ ।
नेकपा माओवादी केन्द्र तनहुँको बैठक बुधबार सम्पन्न भएको छ । बैठकले आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान सचिवमा चयन भएका छन् ।
जिल्ला संयोजकमा ओमराज आले (मदन)ले बुधबार मात्रै पदस्थापन गरेका थिए । बैठकले माओवादी केन्द्र तनहुँ १ नम्बर क्षेत्रीय कमिटीको संयोजकमा दिपक पन्त र २ को संयोजकमा मुक्ति सिग्देललाई चयन गरेको छ ।
बैठकले भदौ १८ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।
बैठकले आसन्न संघीय तथा प्रदेशसभा निर्वाचनमा तनहुँका संघका १ वटा र प्रदेशमा दुईवटा सिट दाबी गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेताले बताए । बैठकले निर्वाचन परिचालन समिति समेत निमार्ण गर्ने निर्ण गरेको छ ।