images
images
images

सेवा, सुबिधा र अवसर पाउनुुपर्ने भन्दै गाँउपालिकामा अनिश्चितकालीन धर्ना

images

तनहुँ
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ अनुसारको सेवा, सुबिधा र अवसर पानुपर्ने माग सहित दिपक भण्डारी म्याग्दे गाँउपालिकाको कार्यालयमा अनिश्चितकालीन धर्ना बसेको छन् ।
भण्डारीले स्थानीय तहमा पटकपटक आग्रह गर्दापनी आफ्ना माग बारे कुनै सुनुवाइ नभएको कारण गाउँपालिकाको कार्यालयमा बुधबारबाट अनिश्चितकालीन धर्नामा बसेका हुन् । उनले सबै अपाङ्गता भएका वर्गको अधिकार प्राप्तिकोलागी आफु धर्नामा बसेको समेत बताए ।उनले समाजिक संजाल फेसबुकमा धर्ना बस्नुको कारण यसरी उल्लेख गरेका छन् ।
‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ अनुसारको सेवा, सुबिधा र अवसर उपलब्ध गराई पाउँ भनी स्थानीय तहमा पटकपटक आग्रह गर्दापनी कुनै सुनुवाइ नभएको कारण, म मेरो स्थानीय तह ९म्याग्दे गाउँपालिका, तनहुँ० को कार्यालयमा आजबाट अनिश्चितकालीन अनसन धर्नामा बसेको छु ।
जीवनमा एकपल पछाडि के हुनेवाला छ भन्ने कसैलाई थाहा हुदैन त्यसैले यो मानवीय संवेदनशीलताको बिसयमा सरकारका सम्बन्धित निकाएलाई चेतनशील र जवाफदेही बनाउन सबैको साथ पाउछु भन्ने पुर्ण विश्वास लिएरनै यो कदम उठाएको हुँ ।
यो हामी सबै अपाङ्गता भएका वर्गको अधिकार प्राप्तिकोलागी लडिएको लडाई हो सबै मानव समुदायबाट साथ मिल्नेछ भन्ने पुर्ण आशा राखेको छु ।
पुनश्च स्- नागरिक सँग सम्बन्धित हरेक कुरामा स्थानीय तहलाईनै जवाफदेही बनाउनुपर्छ कैयौं कुराहरूमा जवाफदेही बनाइएको पनि छ र सबै कुरामा जवाफदेही हुन आवस्यक छ । किनकी प्रदेश र केन्द्रमा गाउँगाउँमा बस्ने सबै नागरिकको पहुँच हुदैन तर स्थानीय तहमा सम्पुर्ण नागरिकको पहुँच पुगेको हुन्छ ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS