images
images
images

३३ बर्ष देखि सत्ताको केन्द्रमा रहेका पौडेले भने- विकासको सपना पुरा नभएकोले सक्रिय राजनीतिमा लागेको हुँ

images

तनहुँ
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको सपना पुरा नभएकोले राजनीतिमा सक्रिय रहनु परेको बताएका छन् । भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । गाउँमा विजुली, पानी, मोटर बाटो पुगेर पनि आम्दानी र रोजगारी नपाएर नअडिएकोले रोजगारी र आम्दानी दिने सपना पुरा गर्न हाल पनि सक्रिय राजनीतिमा लागेको पौडेलले बताए।
देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवाहरुलाई विदेशिन नपर्ने, यही रोजगारीको सृजना गर्ने सपना पुरा नभएकोले राजनीति नछाडेको पौडेले बताए । ‘गाउँ भरीन गाउँमै रोजगारीको अवस्था सृजना गर्ने हो त्यसको लागि रोजगारीको अभियान सञ्चालन गर्ने हो’ पौडेलले भने देशलाई सूशसान आवश्यक परेको भ्रष्ट्राचार कमिशनतन्त्रमा देश डुबेकोले विकास हुन सकेको छैन, वरिष्ठ नेता पौडेलले त्यसले गर्दा उद्योग व्यवसाय खुल्न सकेनन्, अरबको खाडीमा भौतारिन अब त्यसको अन्त्य गर्ने अभियान शुरु गरेका छौं’ पौडेलले भने ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निर्बतमान महामन्त्री दीपक भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ सभापति श्याम मौरती लगायतले तनहुँले नेताले देशकै नेतृत्व गर्ने नेता हुनु पर्ने त्यसको नेता पौडेले तनहुँबाट चुनाव लड्न आवश्यक रहेको कुरामा जोड दिए। । कार्यक्रम नेपाली काँग्रेस भानु नगरपालिका–१ का वडा सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको थियो । नेता पौडेल शनिबार भानु नगरपालिका र बन्दीपुर गाउँपालिको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा कार्यकर्ता भेटघाटमा सहभागी भएका थिए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS