damuli hospatail

२४ मंसिर २०८०, आईतवार

तनहुँमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

तनहुँ
तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले चिलेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए। उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

sukala