images
images
images

रोपेका खेत पट्पटी फुट्न थालेपछि किसान चिन्तित

images

भानु
बल्ल– बल्ल रोपेका खेत पटपटी फुट्न थालेपछि अहिले किसानलाई लगानी नउठ्ने चिन्ताले सताउन थालेको हो ।
भानु नगरपालिका ढकालथरका किसानहरुलाई चुदी खोलाले बाँध भत्काएपछि झैण्डै २० दिन यता खेतमा सिंचाई गर्न पाएका छैनन् । खेतबारी हरियो हुने बेलामा कुलोमा पानी नचल्दा किसानहरुमा पिरलो थपिएको हो । असारको पहिलो हप्ता बाँध संचालन गरी रोपेका खेतमा धाँजा फाटेका छन् । रोपो पहेलिएको छ । यसले किसान निरास बनेका छन् भने कोही रोपेको धान हुर्किन्छ कि सुक्छ द्विविधा र चिन्तामा देखिन्छन् ।
भानु नगरपालिकाको ढकालथरमा चुदी खोलले बाँध साउनको पहिलो हप्ताको भत्काउदा रोपाई गरेको सयौँ रोपनी खेतमा सिंचाई अवरुद्व भएको छ । राम्रो धान फल्ने खेतमा बाँध भत्किएर शुक्का लागेकोले स्थानीय सरकराले ध्यान दिनुपर्ने स्थानीय तथा तथा नेकपा एकिकृत समाजवादीका नेता विद्या ढकालले बताए ।
अल्पकालनी र दिर्घकालीन समाधान हुने हिसावले काम गर्न समेत ढकालले स्थानीय सरकराको ध्यानाकर्षण गराएका छन् ।
समस्या समाधानका लागि भानु नगरपालिकाले तत्काल कुलोमा पानी संचालन गर्न प्रयास गर्ने मेयर आनन्दराज त्रिपाठीले बताए । सिंचाईका लागि दिर्घकालीन समस्या समाधनका लागि प्रयास थाल्ने र मेयर त्रिपाठीले किसान सामु प्रतिवद्वता ब्यक्त गरेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS