images
images
images

स्तनपान सप्ताह सुरु

images

दमौली,
‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्वी गर्न सहयोग गरौँ ’ भन्ने नारासहित आजबाट नेपालमा विश्व स्थनपान सप्ताह सुरु गरिएको छ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उदेश्यले विभिन्न कार्यक्रम गरी मुलुकका सप्ताह मनाउन लागेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबावु अधिकारीले बताए । सप्ताहको अवसरमा स्तनपानको महत्वका बारेमा सूचनाहरू सम्प्रेषण गर्ने, सार्वजनिक स्थलहरूमा सूचनामूलक बोर्ड तथा ब्यानरहरू राख्ने लगायतका कार्यक्रमहरू गरिने अधिकारीले बताए ।
नेपालमा ६६ प्रतिशत महिलालेमात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनि घट्दै गएको विश्व स्तनपान सप्ताह प्रारम्भ पनि स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ । शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको बताइन्छ । स्तनपान गराउनेमध्ये ८० प्रतिशत महिलाले एक वर्षसम्म स्तनपान गराउने गरेको पाइएको स्वास्थ्यका अधिकारीहरुले बताउने गरेका छन् । १ प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको छ ।

अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउने गरेको देखाएको छ । विश्वमा नै प्याकेटको दुध बच्चालाई खुवाउने संख्यामा बृद्धि हुँदै गएको छ । पछिल्लो विवरण अनुसार आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुको बिक्रिमा अत्यधिक वृद्धि भएको छ । सन् २०१४ मा रु ४५ खर्बको प्याकेट दुध खपत भएको थियो भने २०१९मा झण्डै ७२ खर्ब रुपैयाको खरिद भएको छ । यदि स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रुपमा विश्वभर ८ लाख २० हजार शिशुहरुको ज्यान जोगाउन सकिन्छ भने स्तनपान नगराउदाको वार्षिक अनुमानित खर्च रु ३ सय खर्ब रहेको छ ।
विश्वका ३५ मुलुकले स्तनपानदसम्बन्धी मान्यतालाई कानुनी रुप दिएका छन् । जसमध्येको नेपालले पनि स्तनपानको संरक्षण र सम्बर्धन र कृत्रिम दूधलाई नियमन गर्न बनेको ऐन आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन, २०४९ कार्यान्वयनमा ल्याएको छ । नेपालले सन् २०३० सम्ममा स्तनपान गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष लिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS