दमौली
राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व जिल्ला अध्यक्ष भिम बहादुर बस्नेतको निधन भएको छ ।
व्यास नगरपालिका वडा नं।–१ निवासी राजनीतिज्ञ तथा समाजसेवी बस्नेतको शनिबार आफ्नै निवासमा निधन भएको उहाँको पारिवारिक श्रोतले जानकारी दियो ।
युवा अवस्थामा बेलायती सैनिकमा समेत जागिरे स्व।बस्नेत व्यास क्षेत्रमा समाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्थ्यो । स्व। बस्नेत साविक कर्लुङ्ग गाँउ पञ्चायतको उप्रधानपञ्च, दमौली छाब्दी मोटर मार्गको स्थापनाकालीन अध्यक्ष तथा व्यास नगरपालिका क्षेत्रका बिभिन्न विद्यलायमा ब्यवस्थापन समितिमा रहेका काम गर्नु भएको थियो । उहाँ प्रजातन्त्र पार्टी तनहुँका सस्थापक सदस्य समेत हहुनुन्थ्यो ।
बस्नेतको जन्म वि।सं। १९७९ मा चैत्र २५ गते गल्बुरुकुम थोक गाँउमा भएको थियो ।