तनहुँ
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि।सं। १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा श्रेष्ठको जन्म भएको थियो ।
पुष्पलालले वि.सं. २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो ।
श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि।सं। २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो । उहाँको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो ।