
तनहुँ –
पुर्वाधार विकास गरी गाउँको विकास गर्नु नै आफ्नो स्वार्थ भएको नेपालीकांग्रेसकावरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
विपिकोइरालाको ४० औं स्मृतिदिवसको अवसरमा नेपालीकांग्रेस क्षेत्रीयकार्यसमिति १ द्वारा भानु ६ स्थित बुद्धसिं राना प्रतिष्ठान परिसरमाशनिबार आयोजनागरिएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधनगर्दै वरिष्ठ नेतापौडेलले पक्कि बाटो, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा र प्रविधियुक्त स्वास्थ्य केन्द्रको विकास गरी गाउँमै बस्ने वातावरण बनाउनु नै आफू राजनीतिमाआउनुको स्वार्थ रहेको बताए ।
‘राणा र डाडाँका दिनगएभन्ने गरिन्थ्यो,’उनले भने, ‘तर मैले के भन्ने गरेको छु भने राणाका दिन त गएहोलान् तर रानाको दिनगएका छैनन् । रानाअर्थात जनजातिहरुको दिनफर्किएर आएको छ । डाडाँहरुको दिनपनिआउँदैछ ।’
प्रकृतिले सुन्दर बनाएको डाडाँकाडाँहरुमा फर्किएर आउनेहरु पछिल्लो समय बढ्दै गएको पौडेलको भनाई छ । ग्रामिण क्षेत्रमा वृक्षारोपण बढाउँदै लगेर मनोरम ग्रामिण बस्ती बनाउनआवश्यक रहेको बरिष्ठ नेतापौडेलले बताए । ‘इतिहाँसको चक्र घुमेर आउँदैछ ।आजप्रकृतिले यती सुन्दर बनाएको छ,’ उनले भने, ‘त्यतीकै मान्छेले छाडेर अन्तजान सक्दैन । गाउँमाआएर मानिसहरु बस्ने नयाँ शुरुवातहुँदैछ ।’
छिर्कन, रामथुम्की, बरभञ्ज्याङ हुँदै चुँदीनिस्कने मार्गलाई ऐतिहाँसिकपर्यटन डाडाँको रुपमाविकास गर्ने गरी गुरुयोजनाबनाउनआवश्यक रहेको समेत वरिष्ठ नेतापौडेलले बताए । समाजलाई भ्रममापारी विकास निर्माणको गतिलाई पछि धकेल्ने तत्वहरु अझैपनि समाजमाहावी रहेकोले उनीहरुबाट बची समृद्धिको पक्षमाजुट्न उनले सबैमाआग्रह गरे । रुखविरुवाले पर्यावरणलाई दिगो स्थायीत्वदिने मात्रनभई मानवअस्तित्वसँग समेत बचाई राख्ने भएकोले वृक्षारोपण आवश्यक रहेको वरिष्ठ नेतापौडेलले बताए । ‘रुख विरुवाहुर्काउने र चौतारा नजिकै पोखरी स्थापनागर्न सके पर्यावरणलाई दिगो रुपमाबचाउन सकिन्छ,’ उनले भने, ‘त्यसको लागि सबैको साथ र सहयोग चाहिन्छ ।’
विकास र समृद्धिको पक्षमाजहिल्यै अग्रसर रहँदै आउनुभएका बरिष्ठ नेतापौडेलले वृक्षारोपण कार्यक्रममा सहभागीभई वृक्षारोपण गर्नुले समाजमा सकारात्मक सन्देश प्रवाहभएको नेपालीकांग्रेस क्षेत्र नम्बर १ का सभापतिश्यामकुमारमौरतीले बताए । मुलुकको विकासको लागि नेतृत्वचयनमाजनताको भुमिका महत्वपूर्ण रहने भएकोले हरेक निर्णयमाविवेक पु¥याउनुपर्नेमा सभापतिमौरतीले जोड दिए । नेपालीकांग्रेस क्षेत्र नम्बर १ का सचिवदयानीधि नरालले संचालन गरेको वृक्षारोपण अघिको कार्यक्रममा नेपालीकांग्रेस तनहुँका सभापतिजीतप्रकाशआले, व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसादश्रेष्ठ, व्यास नगरपालिकाकाउपप्रमुखइन्दिरा दरै, भानु नगरपालिकाउपप्रमुखउमा गोतामे, भानु ६ का वडा अध्यक्षधिरेस खनाललगायतको सहभागीता रहेको थियो । दालचिनी, कपुर, असोकालगायतको विरुवा रोपणमा स्थानीयकरिव २ सय मानिस सहभागीथिए ।