तनहुँ
तनहुँ कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । १ सय ३५ जनाको क्षमता रहेको सो कारागारमा अहिले २ सय ६२ जना कैदीबन्दी छन् । कारागारमा १३६ कैदी र १२६ थुनुवा रहेका छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ ।
विक्रम संवत् २०२८ सालमा बनेको ए ब्लकको कारागार ३५ कैदीबन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । साथै नयाँ बनेको कारागारमा ८० जना क्षमता, जुन सुविधासम्पन्न छ र सि ब्लक महिलाको लागी रहेको, जसको क्षमता २० जनाको रहेको जिल्ला कारागार कार्यालय तनहुँले जानकारी दिएको छ । २०७८ को फागुन २५ बाट महिला बन्दीगृह संचालनमा आएको कारागारका सुचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जुन साविकको कार्यालय र सुरक्षा ब्यारेक रहेको भवन हो ।
कारागार कार्यालय तनहुँका अनुसार हाल कारागारमा २५० पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् । कारागारमा सबैभन्दा धेरै जबजरजस्ती करणीका कैदीबन्दी रहेका छन् । जबरजस्ती करणीका ५६ कैदी र ३४ थुनुवा गरी ९० जना रहेका छन् ।
विगत ३ वर्षदेखी स्वास्थ्यकर्मी नहुदा कैदीबन्दीको स्वास्थ्यउपचारमा मुख्य समस्या भएको अधिकारीलले जानकारी दिए । उनले थपे ’लोकसेवा माग गरेका छौं । अब त हुन्छ की !’
कारागार संग सवारी साधन नहुँदा कैदीबन्दीलाई अस्पताल र अदालत लैजाँदा हतकडी लगाएर जानु परेको गुनासो कैदीबन्दीको रहेको सूचना अधिकारी अधिकारी बताउछन ।
कारागारको पुरानो भवन ए ब्लकमा खाना खादा ओतको अभाव रहेको अधिकारीले जानकारी दिए । उनका अनुसार वर्षाको समयमा खाना खुल्ला आकाशको मुनि बसेर खाना खान कैदीबन्दी बाध्य रहेका छ । उनले अगाडी भने ’मुख्य समस्या भनेको झरीमा हुन्छ ।’ उक्त स्थानमा ट्रस्टको छाना आवाश्यक रहेको अधिकारीले जानकारी दिए । कारागारमा पुरुष कैदीले मुडा र नाम्लो भदौबाट बुन्ने छन् । अहिले अफसिजन रहेको अधिकारीले जानकारी दिए ।यस्तै महिला कैदीले कपासको बत्ति काट्ने काम गर्ने गरेका छन् । कैदीबन्दीहरु कारागारभित्रै सिपमुलक तालिम गर्न चाहे पनि यसतर्फ राज्यले सहयोग नगरेको महिला कैदीले गुनासो गरेका छन् । उनीहरु भन्छन ’तत्काल आम्दानी हुने सिपको आवश्यक छ ।’
कारागारमा हाल ज्यान मार्ने उद्योगमा ३ जना कैदी र ५ जना बन्दी रहेका छन् । यसैगरी कर्तव्य ज्यान ३३ जना कैदी र १६ जना बन्दी गरी कुल ४९ जना रहेका छन् । कारागारमा लागुऔषधका १४ जना कैदी र २२ जना बन्दीसहित ३६ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा करिब दोब्बर बढी कैदीबन्दी रहँदा आफूहरुको दैनिकी निकै असहज भएको कारागारका कैदीबन्दी बताउछन । तनहुँ नै ठेगाना भएको तर यसअघि कास्की कारागारमा रहेका महिला कैदीलाई कास्कीबाट सरुवा गरेर ल्याइएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।अहिले तनहुँ कारागारमा जन्मकैद २५ वर्षसम्मको कैदी पाएका कैदी रहेको तर आजिवन काराबासको कैदी भने नभएको अधिकारीले जानकारी दिए ।
कारागारमा राम्रो सरसफाइ, नगरपालिकले हप्तामा ३ पटक फोहोर उठाउने, पानी उपलब्धता राम्रो रहेको अधिकारी बताउछन् । कारागारलाई तनहुँको ७ वटा पालिकाले १२० जनाको लागी हुने लोबेड सहयोग गरेको छ । यस्तै लाइब्रेरी ¥याक पनि सहयोग गरेको छ ।
जिल्लाको भानु नगरपालेका घिरिङ र देवघाट गाउँपालिका सँग पनि सहयोगको लागी कुरा भईरहेको तनहुँ कारागारले जनाएको छ । कारगार भित्र ब्याडभिन्टन, चेस, पोट, पत्रपत्रिका, प्रत्येक हलमा टिभीको सुविधा रहेको छ ।