images
images
images

माओवादी केन्द्रको पोलिटव्युरो १५६ जनाको, तनहुँबाट ४ जना चयन

images

 

तनहुँ । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । समितिमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्रले बताएको छ ।

बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमा तनहुँबाट ४ जना छनौट भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १५६ सदस्यीय पोलिटव्युरो गठन गरेका छन् ।

तनहुँबाट श्रीराम ढकाल, सुरेश आले मगर र हरिबहादुर चुमान र आशा कोइराला पोलिटव्युरो सदस्य चयन भएका छन् ।

स्थायी समिति ४१ सदस्यीय

नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी गठनको घोषणा गर्दै तत्कालीन नेकपामा रहेका १५ जना स्वतः सदस्य बनेको बताए ।

थप २६ जना सदस्य स्थायी कमिटीमा सातवटा प्रदेशका इन्चार्ज र कार्यालयका मुख्य सचिव रहने प्रचण्डले प्रस्ताव गरेका छन् । त्यसो गर्दा २३ जना पुग्ने र बाँकी १८ मध्ये यसअघि सचिवालयमा रहेकाहरुसमेत समेट्न आफूलाई समय चाहिने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले विभिन्न क्षेत्र र एकता प्रक्रियाको समेत मिलाएर केही दिनभित्र स्थायी कमिटीको आधिकारिक नाम सार्वजनिक हुने बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS