तनहुँ व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । बुधबार नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिइएको थियो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १४ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले बताए ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएकोसोतले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएपछि नपालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट स्वास्थ्य कार्याल तनहुँका बिरेन्द्र कुमार चौधरीले व्यास नपाका नगर प्रमुख बैकुण्ठ न्यौपानलेलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उनले बताए । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा हुने व्यास नपा पहिलो पालिका हो ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, वडा अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा जनस्वास्थ्य निरिक्षिक लक्ष्मि गुरुङले व्यास नगरपालिकाको १४ वटै वडाको खेपको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा नसिंङ निरिक्षक कल्पना दाहाल कोइराालले स्वागत तथा मन्त्ब्य ब्यक्त गरेकी थिइन् ।