images
images

घर–घरमा स्वास्थ्य सेवा सुरु गर्दै भिमसेन थापा गाउँपालिका

images

गोरखा
भिमसेन थापा गाउँपालिका गोरखामा जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको छ । गाउँपालिका वडा नं. ३ मा रहेको मानव सेवा आश्रम ९बुढी गण्डकी बृद्धाश्रम०बाट भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जरा ९अक्कल० ले कार्यक्रमको शुभारम्भ गरेका हुन । जेष्ठ तथा असक्त नागरिक घर दैलोमै पुगरे स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको र यो क्रार्यक्रम हरेक वडामा हरेक महिना लागुहुने अध्यक्ष बञ्जराले बताए । ‘गाउँ टोल घर–घरमा स्थानीय सरकार’ को प्रत्याभुती दिने गरी नागरिक स्तरमा समृद्धिको परिकल्पना गरिएको बताउँदै बञ्जरा भन्नुहुन्छ–‘ कोही पनि बेसाहारा हुन नपरोस् कोही त्यस्तो हुनुहुन्छ भने त्यसको जिम्मेवारी सरकार हुन्छ र हुनुपर्छ’ । स्वास्थ्य महत्वपूर्ण बिषय भएकाले नागरिकले स्वतःस्फुर्त यसको पहुच पुग्नु पर्नेमा उहाँको जोड थियो । अब अशक्त तथा जेष्ठ नागरिकको लागि घर घर पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमबारे टेलिफोनबाट प्रष्ट पार्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले यस प्रकारको कार्यक्रमले नागरिक र पालिकाबीचको सहकार्यमा थप टेवा पुग्ने बताए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्णता दिन र असक्त, असाहय, जेष्ठ नागरिक, दिर्घरोगीहरुले घरबाटै स्वास्थ्य सेवाका साथ सरकारले भनेका निशुल्क औषधी प्राप्त गर्नेछन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल, मानवसेवा आश्रमका मानवसेवा आश्रम संचालक समितिका पदाधिकारी, राजनीतिज्ञ, समाजसेवीहरुको सहभागीता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS