
दमौली ।
पुर्व विद्यार्थीहरुको संगठन निर्मल अल्मुनाई एसोसियसनको दोस्रो अधिवेसन सम्पन्न भएको छ । निर्मल अल्मुनाई एसोसियसनको सभापति चक्रबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले आफु पढ्दाको अनुभव तथा वर्तमान अवस्थामा क्यम्पस निर्माण क्रममा निर्मल मा.वि.को अमुल्य सहयोग रहेको बताए ।
व्यास नगर पालिकाका वडा नं. १ का वडाअध्यक्ष, तथा पुर्व प्रधानाध्यपक रमेश चन्द्र हड्खलेले आफु विद्यार्थी हुदा र प्रधानाध्यपक हुदाको समयलाई स्मरण गराउनुका साथै यस विद्यालयको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरे । विद्यालयका प्रधानाध्यपक गणेश चन्द्र बस्नेतले विद्यालयको वर्तमान अवस्थाको जानकारी गराएका थिए । आदिकवि भानुभक्त क्यम्पसका संचालन समितिका अध्यक्ष ब्रम्ह्दत्त तिमेल्सेनाले विद्यालयको इतिहासलाई स्मरण गराउदै भावि दिनमा धेरै सम्भावना रहेका र निर्मल माध्यमिक विद्यालय आफैमा छुट्टै पहिचान बोकेको विद्यालय भएको विचारहरु व्यक्त गरे । यसैवीच कार्यक्रममा नया समिति चयन भएको छ । निर्मल स्कुल अल्मुनाइ एसोसिएसनको दोस्रो अधिबेशन बाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएकोमा डा.शेषरमण न्यौपाने निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा हरीचन्द्र वाग्ले,सचिवमा निर्देष भट्टराई ,सह सचिवमा सुमन खड्का कोषध्याक्षमा मुना तमाङ रहेका छन् । सदस्यमा महेन्द्य्र शर्मा,विर बहादुर थापा, बिमला शाही र अलिशा वंशी ठकुरी रहेका छन् ।