images
images
images

देवघाट गाउँपालिकाले बोटे, बराम र चेपाङ जातिको निःशुल्क स्वास्थ्य बिमा गर्ने

images

देवघाट.
देवघाट गाउँपालिकाले गाउँपालिका भित्र रहेका अल्पसंख्यक जातिमध्य बोटे, बराम र चेपाङलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेटमा समेट्दै ‘अल्पसंख्यकलाई निःशुल्क स्वास्थ्य बिमा’ कार्यक्रम संचालन गरि बोटे, बराम र चेपाङलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो।

यसको लागी गाउँपालिकाले आगामी आर्थिक वर्ष का लागि ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिए। यस्तै सिमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडी परेको भूजेल जाती समेतको आय आर्जन वृद्विको लागि समेत गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाँउपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS