व्यास
निम चोक टोल विकास संस्थाको आयोजनामा मेडी ट्रस्ट प्याथलोजी पोखरा र पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल (गण्डकी हस्पिटलको वरिष्ठ स्त्रीरोग विशेषज्ञ गाइनोकोलोजिस्ट डाक्टर प्रमिशा बराल संगको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा पाठेघरको क्यान्सर सम्बन्धि स्क्रीनिंग टेस्ट प्याप टेस्टको साथै सुगर , किड्नी , मुटु , रगतमा बोसोको मात्रा परीक्षण, हड्डी तथा जोर्नी परीक्षण, प्रेसर , थाइराइड तथा पिसाब को परीक्षण समेत गरिएको थियो । व्यास -३ वडा कार्यालयको कार्यालय सहायक इन्दिरा न्यौपाने घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वास्थ्य परिक्षण शिविरमा प्रमुख वडा नम्बर ३का वडा अध्यक्ष अनुप राना शिविरको उद्घाटन गर्दै उनले समय समयमा स्वास्थ्य परिक्षण गर्न सबैलाई आग्रह गरे। वेलैमा रोग पत्ता लगाउन सके उपचार छिटो र सहज हुने भएकाले स्वास्थ रहनका लागि खानपानमा र व्यायममा समेत ध्यान दिन उनले आग्रह गरे। जसरी महिलाहरूको पाठेघर सम्बन्धी शिविर हुन्छ त्यसैगरी पुरुषहरूको पिनाइल क्यान्सर, एच.पि.भी. (हुमन प्यापिलोना भाइरस) एवं एनल क्यान्सरको बारेमा समेत समाजमा सचेतना जगाउनु पर्ने बताउँदै भविष्यमा यस्ता महिला स्वास्थ्य वा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुलाई आफूले प्रमुख प्राथमिकतामा राख्ने समेत बताए।
सरभाइकल क्यान्सर सम्बन्धी शिविरको सराहना समेत गरे। त्यसैगरी शिविरमा पश्चिमाञ्चल क्षेत्रिय हस्पिटल गण्डकी हस्पिटलका वरिष्ठ स्त्रीरोग विशेषज्ञ गाइनोकोलोजिस्ट डाक्टर प्रमिशा बरालले विरामीहरुलाई स्त्रीरोग सम्बन्धी परामर्श दिनुका साथै बिरामी चेकजाच समेत गरेकी थिइन्। कार्यक्रममा स्वास्थ्यकर्मी एवं वरिष्ठ ल्याबरोटोरियन सुजन पराजुली , टोल अध्यक्ष देवी रानाभाट लगायतले बोलेका थिए। साथै पद्म नर्सिङ हस्पिटल पोखराकी स्टाफ नर्स सगुन गुरुङ ,स्वास्थ्यकर्मी रोजिना गौतम , अस्मिता तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो। स्वास्थ्य शिविरमा २६ जना ३० देखि ७० वर्ष उमेर समूहका महिलाहरुले स्वस्थ्य परिक्षण गराएका थिए। कार्यक्रमको मूल उद्देश्य महिलाहरुलाई स्त्री रोग सम्बन्धि खुलेर कुरा गर्न सहज बनाउने र स्वास्थ्य जाच गर्न प्रेरित गर्ने रहेको थियो।