damuli hospatail

२४ मंसिर २०८०, आईतवार

व्यास ५ वडा कार्यालय परिसरमा वृक्षारोपण

तनहुँ  .

व्यास नगरपालिका वडा नम्बर ५ वडा कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। लक्ष्मी बैंक, दमौली शाखाले आयेजना गरेको कार्यक्रममा आँप र लिचीका बिरुवा रोपिएको थियो । व्यास नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ (हिमाल), लक्ष्मी बैंक, दमौली शाखाका शाखा प्रबन्धक सुमन तिम्सिना लगायत बैंक कर्मचारी, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि साथै स्थानीयको सहयोगमा दर्जन फलफुलको बिरुवा रोपिएको थियो।

लक्ष्मी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गर्ने पूर्वनिर्धारित वार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरेको शाखा प्रबन्धक सुमन तिमिल्सेनाले बताए।त्यस्तै वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ(हिमालंं)ले धार्मिक मूल्य र मान्यता अनुसार वृक्षारोपण कार्यले पुण्य प्राप्त हुने हुँदा यस्ता कार्यक्रम आगामी दिनमा ल्याउन बैंकलाई सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

sukala