images
images
images

सांसद सिग्देलद्धारा मीन माविको अनुगमन

images

म्याग्दे
प्रतिनिधी सभा सदस्य केदार सिग्देलले मीन मावि थर्पुको अनुगमन गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत भएको भवन निर्माण योजनाका सासंद सिग्देलले गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मीन मावि थर्पुमा भवन निर्माणका लागी ३६ लाख विनियोजन भएको हो । विद्यालयको भौतिक संरचना अन्र्तगत निर्माण हुन लागेको पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हुदाँ समयमा नै काम सम्पन्न गर्न सिग्देलले आग्रह गरे ।

शिक्षा देशको नै मेरुदण्ड भएको हुदाँ शैक्षिक क्षेत्रमा सरकार धेरै लगानी गरेको हुदाँ गुणस्तरीय शिक्षा दिई देशको नै भविश्य निर्माणमा भुमिका खेल्न समेत सिग्देलले आग्रह गरे । २०३१ सालमा स्थापना भएको मीन मावि जिल्लाको नै पुरानो विद्यालय भएर पनि पुर्वाधार र अन्य विषयमा पुर्णता नपाउनु दुखद् भएको सिग्देलले वताए । सांसद सिग्देलले त्यसका लागी आफुले विद्यालयको शैक्षिक, भौतिक र प्रविधीको विकासका लागी पहल गर्ने समेत वताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठको नेतृत्वमा भएको अनुगमनमा विद्यालयको प्रधानाध्यापक, राजनैतिकदल र स्थानिय समुदायको सहभागिता रहेको थियो । ८ सय भन्दा विद्यार्थी भएको विद्यालयमा भौतिक संरचना लगायतको अभावले पठनपाठन र अन्य गतिविधीमा असर परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले वताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS