images
images
images

यातायात व्यवस्था कार्यालयको सेवा बिमलनगरमा सुरु

images

बिमलनगर ।
भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगत यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते बुधबारबाट जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा शुरु गरेको छ । यस अघि डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो ।
कार्यालयले यहि जेठ २५ गते बाटै सवारी साधनको दर्ता गर्न सुरु गरेको भएपनि हाल सम्म दर्ताका लागि सेवाग्राही नआएको यातायात व्यवस्था कार्यालय बिमलनगरका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी जानकारी दिए ।
त्यस्तै असार अन्तिम साता वा श्रावण १ गते देखि ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी समेत गरिएको छ । आगामी असार २० गते पछि अनलाईन फाराम भर्ने ब्यवस्था मिलाईने पनि उनले बताए ।
कार्यालयबाट दुई पाङ्ग्रे र चार पाँङ्ग्रे साना सवारीको ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी छ । लाईसेन्स नविकरण पनि सम्भव भए असारबाट नभए श्रावणबाट शुरु हुने जानकारी दिए ।
कार्यालयले विमलनगरका स्थानीय लालकुमार श्रेष्ठको घर ५ वर्षका लागि भाडामा लिएर कार्य सुचारु गरेको हो । लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने बाध्यता हट्नेछ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS