images
images

इनरव्हिलद्वारा पोशाक वितरण

images

दमौली
ईनरव्हील क्लब अफ दमौलीले तनहुँको व्यास–११ तनहुँसुर राम्चेको एक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
क्लबले व्यास–११ राम्चेको सुर्यदय प्राथामिक विद्यालयका ३० जना गरिब, जेहेन्दार छात्रा–छात्रहरुलाई विद्यालय पोशाक वितरण गरेको क्लबकी पुर्वअध्यक्ष निर्मला मल्लले जानकारी दिईन । क्लबकी अध्यक्ष मन्जु थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल राना रहेका थिए ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रश्मि दुरा, क्लबका पुर्वअध्यक्ष आशा क्षेत्री, निर्मला मल्ल, अरुणा श्रेष्ठ, सरु श्रेष्ठ, क्लबकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, कोषाध्यक्ष नारायणी मल्ल, सदस्य जया न्यौपाने, अन्जु श्रेष्ठ, कल्पना अधिकारीको उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS