images
images
images

स्वास्थ्यकर्मि माथि कुटपिट

images

दमौली
गजुरे स्वास्थ्य चौकी व्यास–९ मा कार्यरत अनमि प्रजापति कुमाल माथि कुटपिट भएको छ।
कार्यालयमा नै गरेर स्थानीय अश्विना गोदारले कुटपिट गरेको पिडित स्वास्थ्कर्मि कुमालले बताइन् । घाइते कुमालको अहिले दमौली अस्पतालमा उपचार भएको व्यास नगरपालिका जनस्वास्थ्य निरिक्षक लक्ष्मि गुरुङ्गले बताइन् ।

कुमालको हात,आँखामा चोट लागेको अस्पताल श्रोतले जनाएको छ । के कारणले कुटपिट भएको भन्ने बारे आफुले बुझ्दै गरेको व्यास–९ का वडा अध्यक्षले सुरेश थापाले बताए । थापाले स्वास्थ्य चौकीमा गएर एक जनाले कुटपिट गरेको आफुले जानकारी पाएपनि के कसरी भएको भन्ने बारे थाहा नपाएको बताए ।

पिडीत स्वास्थ्यकर्मिले दोषिमाथि कारवाहीको माग गदै जिल्ला प्रहरी कार्यालय तनहुँ उजुरी दिएकी छन् । स्वास्थ्यकर्मि कुमालमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS