तनहुँ
व्यास नगरपालिकाका मेयर पदमा नोपली कांग्रेसबाट उम्मेदवार बैकुण्ठ न्यौपाने मेयर पदमा निर्वाचित भएका छन् । उनले १२ हजार ७८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्प्रर्धी सवतन्त्र उम्मेदवार दिपकराज जोशी ले ११ हजार ८ सय २६ हजार मत पाए । मेयर पदमा निर्वाचित न्यौपाने व्यास नगरपालिकामा दोश्रो कार्यकालका लागि निवार्चित भएका हुन् । त्यस्तै गरी व्यास नगरपालिकाको उप प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी इन्दिरा दरै निर्वाचित भएकी छन् । उनले १३ हजार ४ सय ९८ मत प्राप्त गरेर विजयी भएकी हुन् । यसैगरी उनका निकटतम् प्रतिस्पिर्धी नेकपा एमालेकी उम्मेदवार बसुन्धरा घर्तिले १० हजार ४२ मत पाइन् । व्यास नगरपालिकामा १३ वटा वडामा ११ वटा वडा नेपाली कांग्रेसका उम्मेदवारले विजय प्राप्त गरेका छन् भने ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
यर्सै गरी व्यास नगरपालिका वडा नंं. १४ को वडा अध्यक्षमा काजिमान् श्रेष्ठ विजयी भएका छन् ।