
व्यास । तनहुँको व्यास नगरपालिका-२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८०२ मत ल्याएका छन् । यसअघि पनि उनि सोही वडाको वडाध्यक्ष थिए ।
उनका प्रतिष्पर्धी नेकपा एमाले र जोशी समुहका दीर्घ थापाले १८८ मत र स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ (राकु)ले ३९० मत पाएका छन् ।
यस्तै महिला सदस्यमा रफत साना मियाले ८८४, दलित महिला सदस्यमा सविता रसाईलीले ८१५, खुल्ला सदस्यमा सुरेश वाग्लेले ७३८ र क्या.जगत बहादुर क्षेत्रीले ८२१ मत ल्याएर विजयी भएका हुन् ।