damuli hospatail

२४ मंसिर २०८०, आईतवार

व्यास-३ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा अनुप राना

व्यास । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । बिहिबार जिल्लाको व्यास-३ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका अनुप राना विजयी भएका छन् । उनले आफ्नो प्रतिष्पर्धी नेकपा एमालेका बलराम श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठलाई हराएर विजयी भएका हुन् ।

यस्तै वडा सदस्यमा नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा विनु श्रेष्ठ, दलित महिला सदस्य श्रीमाया विक, खुल्ला सदस्यमा दधिराज घिमिरे र शान्तिरमण वाग्ले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala