images
images
images

शुक्लागण्डकीको मेयरमा कांग्रेसका पण्डित र उपमेयरमा माओवादीका विक विजयी

images

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ ।

नगरप्रमुख (मेयर)मा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुख (उपमेयर)मा नेकपा माओवादी केन्द्रका खुम बहादुर विक (राजु) विजयी भएका छन् ।

मेयरमा विजयी पण्डितले १२ हजार २६३ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत पाएका छन ।

मेयरमा विजयी पण्डितले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।

यता उपमेयरमा विजयी विकले १० हजार २६२ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालीकी फुलमाया वाग्लेले ९ हजार ९५७ मत पाएकी छिन ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।

शुक्लागण्डकीको १२ वटा वडा मध्य नेपाली काङ्ग्रेसले नम्बर १, २, ३, ४, ७, नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नम्बर १० जितेको छ ।

शुक्लागण्डकी-१ को वडाध्यक्षमा रविचन्द्र पौडेल, शुक्लागण्डकी-२ को अध्यक्षमा सुमन मगर, शुक्लागण्डकी-३ को अध्यक्षमा सचिन भुजेल, शुक्लागण्डकी-४ को अध्यक्षमा राजकुमार वाग्ले, शुक्लागण्डकी-५ को अध्यक्षमा दीर्घबहादुर थापा, शुक्लागण्डकी-६ को अध्यक्षमा बुद्धि थापा, शुक्लागण्डकी-७ को अध्यक्षमा खड्गसिं थापा, शुक्लागण्डकी-८ को अध्यक्षमा नारायणसिं थापा, शुक्लागण्डकी-९ को अध्यक्षमा धनबहादुर थापा, शुक्लागण्डकी-१० को अध्यक्षमा राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी-११ को अध्यक्षमा शालिकराम भट्टराई र शुक्लागण्डकी-१२ को अध्यक्षमा इन्द्र गुरुङ विजयी भएका छन् ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS