images
images
images

बन्दीपुर गाउँपालिकाकाे अध्यक्षमा एमालेका थापा र उपाध्यक्षमा कांग्रेसकी गुरुङ विजयी

images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र बहादुर थापा विजयी भएका छन् । थापाले ३ हजार २२९ मतसहित विजयी भएका हुन् ।

उनले आफ्ना प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिं थापा र नेपाली कांग्रेसका ध्रुबलाल प्रधानलाई हराउदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।
थापाले ३ हजार १६६ मात र प्रधानले २ हजार ७८९ मत पाएका छन् । अध्यक्षमा पराजित थापा गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ विजयी भएकी छिन । गुरुङले ३ हजार २७ मत पाएर विजयी भएकी हुन् । विजयी गुरुङले आफ्नो प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रकी करुणा गुरुङलाई २ मतले हराएर उपाध्यक्षमा विजयी भएकी हुन् । पराजित करुणाले ३ हजार २५ मत पाएकी छिन । यस्तै एमाले-जोशी समुह (स्वतन्त्र) केश माया गुरुङले १ हजार ५९५ मत पाईन ।

उपाध्यक्षमा पराजीत करुणा गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन । अहिले उनले जम्मा २ मतले कांग्रेसकी पञ्चमाया गुरुङ संग पराजित भईन ।

गाउँपालिकाको अध्यक्षमा ६३ र उपाध्यक्षमा २ मतान्तर परेको छ । बन्दीपुर गाउँपालिका कुल १० हजार २०५ मत खसेको थियो । गाउँपालिकामा कुल १५ हजार ६३८ मतदाता छन् ।

बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा नेकपा एमालेले ३ वटा वडा, नेकपा माओवादीले २ वटा वडा र नेपाली कांग्रेसले एउटा वडा जितेको छ । एमालेले बन्दीपुर-१ , ४ र ६, माओवादीले २ र ५, कांग्रेसले ३ नम्बर वडा जितेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS