देवघाट । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन ।
अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा ४ हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३ हजार ४८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ ३ हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेकपा एमालेका सावित्री न्यौपानेले ३ हजार ४६७ मत प्राप्त गरे ।
देवघाट गाउँपालिकामा नेपाली काङ्ग्रेसले ३ र नेकपा (एमाले) ले २ वटा वडामा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले देवघाट वडा नम्बर २, ३ र ५ जितेको छ भने नेकपा (एमाले) ले १ र ४ वडा जितेको छ ।
कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा ८ हजार ६४७ मत खसेको थियो ।