तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा नेकपा एमालेको बिजयी यात्रा सुरु गरेको छ । बन्दीपुर वडा नं ४ मा नेकपा एमालेका दानबहादुर थापाको प्यानल विजयी भएको छ । थापाले ७४० मत ल्याएर वडाअध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सिता थापाले ४६४ मत प्राप्त गरेकी छन् । यस्तै माओवादी केन्द्रबाट अरविन्द्र भट्टराईको ३१५ मत प्राप्त गरे ।
यसै एमालेबाट खुल्ला सदस्यहरुमा रबि श्रेष्ठ ७०१ , भिम घलेले ६४५ मत, महिला सदस्य ममता रानाले ६७७ मत, दलित महिला सदस्य भगवति सुनारले ६७९ मत प्राप्त गरी विजयी भएका छन् ।
बन्दीपुर-४ मा कुल मतदाता २५०० रहेकोमा १६७६ मत मात्रै खसेको थियो ।
बन्दीपुर वडा नं ४ बाट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेलाई ६१२ मत, नेपाली कांग्रेसलाई ४६९ मत, नेकपा माओवादीलाई ४०७ मत, राप्रपालाई १७ मत र जनमुक्ती पार्टीले ५ मत पाएका छन् ।