images
images
images

कांग्रेस र एमाले बीच घिरिङमा ढुङ्गा हानाहान (फोटो/भिडिओ सहित)

images

तनहुँ । तनहुँको घिरिङमा ढुङ्गा हानाहान भएको छ । घिरिङ्ग गाउँपालिकाको कार्यालय पोखरीछाप नजिकै दुई पार्टीका कार्यकर्ता बीच ढुंगा हानाहान भएको हो ।

सोमबार जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना स्थानिय बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।

कांग्रेसका नेतामाथि हातपात भएको भन्दै ढुङ्गा हानाहान भएको कांग्रेस कार्यकर्ताले बताएका छन् । गाउँपालिकामा अहिले सर्वदलीय बैठक चलिरहेको घिरिङका पत्रकार अन्जान परियारले जानकारी दिए ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुई भने नदी तर्न सफल भएका थिए ।

बालकका परिवार र आफन्तले बालकको खोजि गरिदिन भन्दै गाउँपालिकामा धर्ना दिएका थिए ।

यता नेपाली कांग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमितका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ ।

कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आलेले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस घिरिङ गाँउ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकता भुवन विक लगायतको समूहलाई कारबाही गर्न माग गरेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS