images
images
images

उप मेयर पदकी उम्मेदवार मनुमाया श्रेष्ठ घरदैलोमा ब्यस्त के–के छन् प्रतिवद्वता ?

images

तनहुँ
नेकपा एकिकृत समाजवादी पार्टीबाट व्यास नगरपालिका उप मेयर पदकी उम्मेदवार मनुमाय श्रेष्ठ यतीबेला मतदताको घर दैलोमा गएकी छन् । ‘सुशासन र विकास समृद्धिको आधार, विविधता सहितको सुन्दर व्यास नगर ’ भन्ने नारा सहित श्रेष्ठ अहिले नगरका बिभिन्न क्षेत्रमा घर दैलोमा ब्यस्त रहेकी छन् । नोप एकिकृत समाजवादी पार्टीको गण्डकी प्रदेश कमिटीको सदस्य एवं जिल्ला कमिटीको उपाध्यक्ष समेत रहेकी श्रेष्ठले आफु उप मेयर पादमा ले विजयी भएमा भ्रष्टाचार ,घुसखोरी , कमिसन , अनियमितता , सरकारी काममा ढिलासुस्ती , आदि कडाइका साथ नियन्त्रण गर्ने समेत बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) को व्यास नगर पालिकाको उपप्रमुख पदको उम्मेदवार मनुमाया श्रेष्ठको प्रतिवद्धता ।
१. साधा जीवन विताउनेछु , लाउने खाने वस्ने कुरामा कहिल्यै वडप्पन देखाउने छैन ।
२ जनताको काममा सदा तत्पर रहनेछु , कहिल्यै अल्छि गर्ने छैन । अनावश्यक काममा समय विताउने छैन ।
३ भेदभाव पक्षपात आफनो अर्काको भनेर व्यवहार गर्ने छैन । सवैमा समाज व्यवहार गर्नेछु
४ पालिकाको एक पैसा पनि भ्रष्टाचार गर्ने छैन ।
५. आफनो सम्पति विवरण निर्वाचित भएको एकहप्ता भित्र सार्वजनिक गर्नेछु
६. पालिकाको कुनै पनि साधनस्रोतहरु व्यक्तिगत कामको लागि प्रयोग गर्ने छैन ।
७. निजि कामको लागि सरकारी सम्पति दुरुप्रयोग गरिने छैन ।
८. भ्रष्टाचारविहिन स्थानीय सरकार भ्रष्टाचारमुक्त नेपाली समाज बनाउनेछु ।
९. आर्थिक आचरण शुद्ध राख्नेछु
१०.भ्रष्टाचार ,घुसखोरी , कमिसन , अनियमितता , सरकारी काममा ढिलासुस्ती , आदि कडाइका साथ नियन्त्रण गर्नेछु ।
११. भ्रष्टाचार र विभिन्न घोटला काण्डहरुको तत्काल छानविन गरि कडा भन्दा कडा कार्वाहि गर्नेछु ।
१२.भ्रष्टाचार उन्मुक्त नहुने कानुनहरु बनाउनेछु ।
१३.प्रशासनिक र साधारण खर्च घटाउनेछु पुजिगत खर्च बढाउनेछु र फजुल खर्च नियन्त्रण गर्छु ।
१४. अनावश्यक करको वोझ हटाउनेछु ।
१५ कार्यपालिकाको आयमा वृद्धि गर्नेछु ।
१६. सार्वजनिक सम्पतिहरुको खोजि गरि पालिका मातहत ल्याउनेछु ।
१७. पालिकाको छवि माथि उठाउन सधै प्रयत्नशील रहनेछु ।
महान जनआन्दोलनका उपलव्धिहरु लोकतन्त्र संघियता गणतन्त्र समावेसी समानुपातिकता प्रति प्रतिवद्धता रहदै म नगरपालिकामा निम्न कामहरु गर्नेछु ।
विभिन्न वर्ग, जाति , धर्म क्षेत्र , अल्पस्ंख्यकको लोपोउन्मुख सवैप्रति न्यानो हार्दिक सम्वन्ध राख्नेछु ।
व्यास नगर भित्र सवै संघ संस्थाहरुको सहयोग र समन्वय गरी पालिकाको विकास गर्नेछु ।
आफनो धर्म संस्कृति परम्परा झल्कने गरी संग्राहालयको निर्माण गर्नेछु ।
१०८ फिट अग्लो महिर्षि वेदव्यासको मुर्ति निर्माण कार्य सम्पन्न गर्न पहल गर्नेछु ।
विभिन्न धर्म वलाम्विहरुको मृत्यु पछिको संस्कार गर्ने व्यवस्था मिलाउनेछु
भ्रष्टचारमुक्त नगर घोषणा गरिनेछ ।
सवैको श्रम सिप जुटाई नगरको विकास गर्नेछु ।
नगर वाट विस्थापित हुने र पुजि पलायन हुने प्रचलन रोक्न लाग्नेछु ।
अधुरा आयोजना प्राथमिकताका साथ पुरा गर्नेछु ।
स्यानेटरी ल्यान्ड फिल्ड साइटको अविलम्व व्यवस्था गरी फोहरलाई मोहरमा परिणत गरिनेछ ।
रोग लागि उपचारकै कारण गरीव हुन दिइने छैन ।
गम्भिर प्रकृतिको रोेगमा विशेष सहयोग गर्नेछु । असहायहरुको अभिभावक नगरपालिका वनाउनेछु ।
जमिन वांझो हुन दिइने छैन , कृषिमा आत्मनिर्भर वनाउनेछु ।
गरीवीको स्तरमापन गरी परिचय पत्र दिइनुका साथै विशेष सुविधा दिइनेछ ।
महिलाहरु माथि हुने घरेलु हिंसालाई अन्त्य गरिनेछ ।
सहकारी तथा सामुहिक खेतिको प्रचलन शुरु गर्नेछु ।
विभिन्न तालिमहरुको व्यवस्था गरी दक्ष जनशक्तिको विकास गर्नेछु ।
विभिन्न धर्म जातिका वस्तीहरुमा भोतिक विकास गरी पर्यटनको केन्द्र बनाउनेछु ।
सवै प्रकारको शिक्षा प्रदान हुने गरी व्यास नगरलाई शिक्षाको हव वनाउनेछु ।
सार्वजनिक विद्यालयहरुमा भौतिक विकास तथा विद्यालय व्यवस्थापन समितिलाई थप अधिकार दिइनेछ ।
आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पस बनाइनेछ र क्यु ए ए फिर्ता ल्याइनेछ ।
वद्ध वृद्धाहरुले पाउदै आएको सेवा सुविधालाई थप गरिनेछ ।
विभिन्न ठाउंहरुमा चिन्ड्रेनपार्क , मनोरंजन पार्कहरु निर्माण गरिनेछ ।
सार्वजनिक ठांउहरुमा निशुल्क स्वच्छ सफा खानेपानीको व्यवस्था गरिनेछ ।
एक घर एक धारा पुर्ण सरसफाइ हाम्रो अभिभारा नीतिलाई लागु गरिनेछ ।
असाहायहरुलाई कानुनी सेवा उपलव्ध गराइनेछ । न्याय मर्न दिइने छैन ।
सम्वेदनसील क्षेत्रहरुमा सी सी क्यामरा जडान गरिनेछ ।
दमौली अस्पताललाई स्तरोन्नति गरि सवै प्रकारको उपचारको व्यवस्था मिलाईनेछ ।
सवै नगरवासीको स्वास्थ विमा गरिनेछ ।
सामाजिक विभेद अन्त्य गरिनेछ ।
दलित र गैर दलित वीचको वैवाहिक सम्वन्धलाई सम्मानित बनाइनेछ ।
सवै ठांउमा अपांग मैत्रि संरचना निर्माण गरिनेछ ।
नदि खोलाहरु नियन्त्रण गरी माटोको संरक्षण गर्दै पर्यटकिय केन्द्र बनाइनेछ ।
आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनेछ ।
एकदेव आले पुस्तकालयलाई स्तरोन्नति गरिनेछ ।
समाजवादको आधर तीन खम्वे अर्थनीतिलाई अगाडि वढाइनेछ ।
व्यास नगरमा योजनावद्ध विकास गरिनेछ ।
हामी सवैको छहारीकोे केन्द्र व्यास नगर बनाइनेछ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS