damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिका ,न्यौपानेलाई कैचीको डर,कैचीलाई कांग्रेसको भर, अतिन्द्रलाई आश

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा उम्मेदवार दर्ता गराएर उम्मेदवारहरु जनताको शरणमा गएका छन् । व्यासमा ११ जना मेयरपदमा उम्मेदवार भएपनि मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेसका उम्मेदावर बैकुण्ठ न्यौपाने एमाले–जोशी समहुका उम्मेदवार दिपकराज जोशी र नेकपा माओवादी केन्द्रका उम्मेदवार अतिन्द्र केशरी न्यौपानेको विचमा हुने देखिन्छ ।
सबै भन्दा ठुलो दलको रुपमा रहेको नेपाली कांग्रेसको तर्फबाट व्यास नगरपालिकामा उम्मेदवारको रुपमा रहेका निर्वतमान् मेयरमा बैकुण्ठ न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार न्यौपानेलाई विजयी हुनको लागि आफ्नै संगठको भर छ । अघिल्लो निर्वाचनमा १४ मा १३ वटा वडामा विजयी भएको कांग्रेसले अन्य उम्मेदवार भन्दा आफु अघि रहेको दाबी गर्दै आएको छ । व्यास नगरपालिकामा कांग्रेसको करिब ४४ सय कृयाशिल सदस्य छन् । यी नै सदस्यमा परिचालन गरेर व्यासमा आफ्नो विरासत जोगाउने कांग्रेसको दाबी रहेको छ । कांग्रेसमा टिकट विरणमा ब्यक्त भएका असन्तुसष्टिका स्वरहरु क्रमश मन्द भएकाले आफुहरुको सहज जित हुने कांग्रेसका उम्मेदवारहरुले देखेका छन् भने व्यासमा न्यौपानेले आफ्नो कार्यकालमा गरेका कामका प्रयासले पनि मत बढ्ने दाबी छ । एद्यपी कांग्रेसका पुर्व सह–महामन्त्री गोविन्दराज जोशी समुहले दिपकराज जोशीलाई एमालेसँग तालमेल गरेर उम्मेदवारको रुपमा उभ्याएको छ । एमाललेले पनि मेयरमा दिपकराज जोशीलाई सँगसँगै घरदैलोमा लिएर हिडेको छ । असन्तुष्ट कांग्रेसको मत र एमालेको मतले व्यासमा कांग्रेसको विजयी यात्रमा पुर्ण बिराम लाग्छ की आकलन समेत गरेका छन् । कांग्रेसलाई यतीबेला दिपकराज जोशीको कैचीले के गर्छ ? चासोको बिषय छ ।
एमालेको संगठन,कांग्रेसको असन्तुष्टको मत लिएर यस पटक आफुले उभ्याएको उम्मेदवार विजयी बनाए र तनहुुँ कांग्रेमा गोविन्दराज जोशी आफ्नो गुमेको राजनीतिक शक्ति आर्जन गर्ने अन्तिम र शशक्क्त प्रयासमा जुटेका छन् । उनीहरुले अहिले ५ बर्ष हाल मेयरका उम्मेदवारले गरेको कामको कतिपय बिषयलाई मुद्दा बनाएर निर्वाचनमा मतदताको घरदैलोमा छन् । पुर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशीले चाल्ने हरेक कदम कुटिल र रणनीतिक हुने हुँदा कांग्रेसलाई दिपकको कैची महंगो पर्न सक्छ । यता नेकपा माओावदी केन्द्रबाट उम्मेदवार रहेका अतिन्द्र केशरी न्यौपाने ठुला कम्यूष्टि पार्टीको उम्मेदवार नभएकाले आफ्नो विजयी हुनेमा आशावादी छन् । कांग्रेसको भोट बाडिने र कम्यूनिष्ट रुझान भएका मत आफुले तान्ने न्यौपानेका दाबी छ ।
२०७४ सालमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने १३ हजार६५ मत ल्याएर विजयी भएका थिए । भने एमालेका शंकर नारायण श्रेष्ठले ९हजार ५ सय ९२ मत ल्याएका थिए ।नेकपा माओवादी केन्द्रको मेयरमा उम्मेदवारी थिएन भने उप मेयरमा अतिन्द्र केशरी न्यौपानले ३४ सय ७७ मत ल्याएका थिए । यो विचमा नेकपा एमाले बिभाजन भएर नेकपा एकिकृत समाजवादी बनेको छ समाजवादीको अहिले मेयरमा उम्मेदवार छैन् । समाजवादीले कसलाइृ सहयोग गर्छ त्यो पनि स्पष्ट खुलेको छैन् ।
व्यास नगरपालिकामा मेयर पदका लागि ११ जना प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दौलत अधिकारी, साझा विवेकशिलबाट रमेश आचार्य लगायत उम्मेदवार रहेका छन् । व्यास नगरपालिका कुल ४७ हजार ५ सय ४२ मतदाता रहेका छन् । २५ हजार १ सय २९ महिला मतदाता र २२ हजार ४ सय १३ पुरुष मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्